गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ श्रीलंकामा जब चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे श्रीलंकामा जब चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे दीप संञ्चार पुस ३, २०७८ गते १५:३२ मा प्रकाशित काठमाडौँदक्षिण एसियामा चीनको उपस्थिति जबरजस्त बढिरहेको छ । आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा राखेको छ । यसको उदाहरण हालै श्रीलंकामा देखिएको छ । श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले पुरै दक्षिण एसियामा चर्चा पाएको छ । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको छ ।बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् । एक हिन्दु श्रद्धालुको भेषभुषामा धोती लगाएर प्रसादको टोकरी बोकेको अवस्थामा मन्दिरमा राजदूत झेनहोङ देखिएका छन् । अर्कोतिर मन्दिरबाहिर उपस्थित भक्तजनलाई फलफुल बाँडिरहेको अवस्था चिनियाँ राजदूत देखिएका छन् ।मन्दिरका अलावा चिनियाँ राजदूत उत्तरी श्रीलंकाका उच्च अधिकारीसँग भेटिरहेका छन् । तर चर्चा भने मन्दिरको दर्शन गरेकोमा भएको छ । यसबाट चीनले धेरै सन्देश दिएको विश्लेषकहरुले बताइरहेका छन् । मुख्य त उत्तरी श्रीलंकाको तमिल बहुल क्षेत्रमा चिनियाँ प्रभाव बढाउनु रहेको श्रीलंकाका विश्लेषक एस सतीसमोहनको बुझाई छ । हिन्दु मन्दिरमा हिन्दु भेषभुषामा जानु भारतका लागि चीन पनि उत्तरी श्रीलंकामा आएको सन्देश भएको उनी बताउँछन् । तमिलनाडुसँग विशेष सम्बन्ध भएको उत्तरी श्रीलंकामा भारतको राजनीतिक र सांस्कृतिक प्रभाव छ । पछिल्लो समय श्रीलंकामा चिनियाँ लगानी निरन्तर बढिरहेको छ । अब चीनले उत्तरी श्रीलंकामा आफूलाई केन्द्रीत गरेको र यसैअन्तर्गत सांस्कृतिक डिप्लोमेसी अपनाएको विश्लेषण हुन थालेको छ ।खासगरी चीनको यो कदमलाई भारतमा चिन्ताका रुपमा हेरिएको छ । भारतीय राजनीतिमा चिनियाँ राजदूतको धार्मिक गतिविधिले चर्चा पाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा