गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने दीप संञ्चार पुस ३, २०७८ गते १८:३३ मा प्रकाशित काठमाडौँ भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् ।भारतको उत्तर प्रदेशस्थित कैसरगंजबाट प्रतिनिधित्व गर्ने सांसद बृजभूषण शरण सिंहले युवा पहलवान खेलाडीमाथि मञ्चमै जाइलागेर दुई झापड हानेका हुन् । सत्तारुढ सांसदले थप्पड प्रहार गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै सांसद सिंहका साथै भाजपाको पनि आलोचना भइरहेको छ ।राँचीमा यू १५ राष्ट्रिय कुश्ती च्याम्पियनसिप खेलका क्रममा यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रममा सिंह प्रमुख अतिथि थिए । ६ पटक लोकसभामा सांसद रहेका सिंह भारतीय कुश्ती महासंघका अध्यक्ष पनि हुन् ।प्रतियोगितामा भाग लिन नपाएका पहलवानले कुश्ती महासंघका अध्यक्ष सिंहसँग खेल्न पाउन गुहार माग्दा झापड भेटेका हुन् । आयोजकले उनको उमेर बढी भएको भन्दै खेल्न अनुमति दिएको थिएन । उनी खेल्नका लागि पहल गरिदिन अनुरोध गर्दै सांसद सिंह कहाँ पुगेका थिए । तर सिंहले मञ्चबाटै झापड हानेर लखेटेका थिए ।यो दृश्य क्यामेरामा कैद भएपछि अहिले भारतभर भाइरल भइरहेको छ । अन्य खेलाडी यो घटनाको विरोध गरेका छन् । विपक्षी पार्टीले पनि भाजपाको खेल नीति भन्दै भिडियो शेयर गरेर आलोचना गरिरहेका छन् । एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट