पाल्पाको रम्भामा जन्मीएर बालपानमा पाएका दु:खको अनुभवलाई सम्झदा कटक्क मन काटेर आउँछ मेरो भाइ , आमाको पटुकी च्यातेर बाबाले सुन्दै गरेको रेडियोको ब्याट्रीको रातोभाग (ढक्कन) ले ती मेरा चुँडिएका चप्पलमा बाँधेर विद्यालय जान्थेँ।
मलाई आज पनि ताजै छ ती मेरा गरीबिले सताएका दिनहरू अनि दुखी मेरा मनहरूलाई स्मरण गर्दै जाँदा आज पनि याद ताजै जस्तो लागीरहन्छ अनि कटुस र चिलाउनेको लाथ्रा काटेर घिसारी खेल्दा मेरो च्यातिएको कट्टुको पछाडिको भाग, खाली खुट्टा अनि नजिकैको जङ्गलमा गाई चराउँदै बेलुकी जाँदा आमाले पकाएर राखेको कोदाको रोटी सगँ अदुवामा र नुन मिसाएर खाएको अलिक अस्ति जस्तो लाग्छ मेरो भाइ।
म सुन्दै जान्छु’ उनी थप्दै जान्छन् अनि भन्छन् मन मनै सोच्ने गर्दथेँ म कहिले ठूलो मान्छे बनूँला र कमाउँला अनि मेरी आमाको मैले चुँडिएको चप्पलमा बाँधी च्यातिएका ति पटुकी फेर्ने दिन सम्झदै गर्दा र गाँउमा आफूलाई कसैले ॠण नपत्याएको सँम्झदा ओहो! मेरो भाइ म साँच्चै नै गरीब थिएँ।
दशैको अवसरमा सबैले कपडा फेर्थे तर मेरी आमाले कहिले एक सरो कपडा नयाँ फेरीन बा ले दु:खजेलो गरेर जोडेको दुईचार पैसा हामी छोरा छोरीको लागी भनेर सम्हाल्दै राख्थिन अनि दशैमा नयाँ कपडा फेरिदिन्थीन हामी खुशी हुन्थ्यौँ तर गरीबीको पीडा मेरो मानसपाटलमा अच्चमसित घुमीरहन्थो। यसरी नै हुर्केको मेरो जीवन कति बेला बित्यो सोच्दै गर्थे म पनि १६ वर्षे लक्का जवान भएछु।गाँउमा मुखिया बाले दुईचार पैसा नपत्याएको विगतका दिन सम्झिएर होला मन भक्कानिएर आउँथ्यो।
त्यसपछि म सरकारले श्रम बेच्न दिने अनुमति पत्र हरियो राहदानी बनाउन तिर लागेँ। आमाले आफ्नो च्यातिएको फरियालाई कपडाले टालटुल गरेर पनि हामी छोरा छोरीको भविष्यका लागी बचाएर राखेको २५ सयले मैले हस्तलिखति ५ वर्षे पासपोर्ट बनाएको हुँ भाइ। विदेश जान म सगँ पैसा थिएन हाम्रो परिवारको नाजुक अवस्था भएर होला मलाई उबेला मुखियाहरूले अलिकती पनि पैसा पत्याएनन् अनि मैले आमाले लगाएको ध्वाँसोले पुरिएको सानो तिलहरी साहूलाई धितो राखी भारतको मुम्बई छिरेको ती दिन आज पनि ताजै छ मेरो भाइ हरेक कष्टका बाबजुद म मेरो आफन्त मार्फत मुम्बईबाट कतार आएको हुँ।
सन 2001 मा कतारको मरूभूमिमा धेरै पैसा कमाएर आफ्नो आमाको च्यातिएको पटुकी फेर्न र बाबालाई नयाँ रेडियो किन्ने देखी आफूले भोगेका गरीबिलाई निकारण गर्ने हेतुले म मासिक ४०० सय कतारी रियलमा होटलको जागीरमा आएको हुँ। ईश्वरले बोल्दै गर्दा म अचम्मित भएर सुनीरहेँ म पनि मेरा विगतका दिनहरूमा भिजीरहेको थिएँ। उनी सुनमा सुगन्ध थपेसरी मनोभावरू यसरी पोख्दै थिए।
मेरो आफ्नो मेहेनतले होला म एका एक मेरो कुरा भगवनाले सुन्नु भयो होला मेरो जीवनको मुहार फेर्ने र मेरो गरीबिलाई निराकरण गर्ने यो कर्मभूमी कतारले मलाई आज सम्म साथ दिईरहएको छ। कतारमा पीडित नेपालीहरूलाई धेरै साथ र आर्थिक सहयोग गर्दै उद्धार गरें र गरिरहेको पनि छु।
दाङमा घरबार विहीन वृद्ध जोडीलाई घर बनाउने काम होस् अथवा पाल्पा रम्भा गाउँमा एम्बुलेन्स सञ्चालन गर्ने देखि लिएर दृष्टि विहीन विद्यार्थीहरूलाई पठन पाठनको लागि छात्रवृत्तिको व्यवस्था गर्नको लागि अक्षयकोषको स्थापना गरेँ। अन्य श्रोत र सहयोगीहरू सँग हातेमालो गरेर केही सामाजिक कामहरू सम्पन्न गर्ने धोको छ मेरो।
यही कार्यले गर्दा होला मलाई कतारको समाजले समाजसेवीको उपनाम दिएको छ। जसको जिम्मेवारी म सकेसम्म बहन गर्नेछु। म एकदम खुशी छु विगतमा आफूले भोगेका ति गरीबिका पानहरूलाई पल्टाएर नै होला म कतारमा नि:स्वार्थ भावले समाजसेवा गर्न मन पराउँछु ।मलाई कुनै पनि राजनैतिक दलमा नभएर म आफूले गर्ने कार्यको मूल्याङ्कन भएको मन पर्दछ। मलाई खादा र सम्मान भन्दा पनि म गरीब र पीडितको सेवामा समर्पीत हुन मन पराउँछु। त्यही भएर नै म अहिले एनआरएनको चुनावमा उठिरहेको छु। म आफूलाई ठूलो समाज सेवी हुँ भन्ने घमण्ड गरेर अगाडि बढ्ने खालका धारणमा आएको कत्ती हैन।
मेरो विगतका दिन देखि हाल सम्मका गतिविधीहरूलाई कतारमा कार्यरत नेपाली दाजुभाइले कसरी हेर्नु भएको छ त भन्ने जाँच तथा थप समाजको सेवामा समर्पित हुन सकूँ भन्ने उद्देशय्ले विभन्नि सामाजिक संघ संस्थासगँ सहकार्य गर्दै अगाडि बढ्ने सोचले आएको हुँ। म यतिनै आशा राखेको छु। मलाई सबैले आदर्णीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो अमूल्य भोटले जिताउनुहुनेछ र आगामी दिनमा मेरो सहयोगी भावनलाई अगाडि बढाउन हौसला दिनु हुनेछ।
यत्तिकै उनी आफ्नाकुराहरू सिध्याउँछन्। यो कतारमा समाज सेवी नामले परिचित पाल्पाका ईश्वर काफ्ले सगँकोे एक घण्टाको कुराकानीमा आधारित आलेख हो। उनको विगतका कुराहरूले मलाई मेरो नँयानहरू समेत रसाउन थालेछन साँच्चिकै यी इश्वर नामले मात्र इश्वर नभएर भगवानले दीन दुखीहरूको सेवामा खटाएका इश्वर रहेछन् जस्तो मैले महशुस गरेँ।
यी नै इश्वर आगामी शुक्रवार अर्थात अगष्ट २३ तारिखका दिन गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आसन्न आठौँ महाधिवेशनबाट द्धितिय उपाध्यक्षमा निर्वाचित भएर यसरी नै समाज सेवामा लागी पर्ने इच्छा राखेका रहेछन्। उनले उक्त पदमा उम्मेदवारी दर्ता गराएर मत चुनावमा उत्रन मात्र बाकिँ रहेको समेत बताएका थिए।
उनको भनाईले इश्वर एनआरएन कतार भित्र रहेर मनकारी भावनाले पीडित नेपालीहरूको सहयोगमा जुट्ने अवसर खोजेको भान मलाई भयो। तर उनलाई पदिय लालच भने कत्ती पनि रहेनछ।सोच्दै गर्दा ईश्वरलाई एनआरएन कतार र कतारका समुदायले एक पल्ट अवसर दिन’ पर्ने जरूरी पनि देख्यो मेरो नजरले। साथै आगामी २०१९-२०२१ कार्यकालको लागि उनी जस्तै निस्वार्थ भावनले नेपाली समुदायको पक्षमा दिनरात खट्ने सहयोगी मनकारी मनहरूलाई जीतको अग्रीम शुभकामान सँगै तपाईले सोचे जस्तै होस खाडीमा दु:ख पाएका नेपालीहरूको उद्धारमा तपाई लागी परिरहनु भएको रहेछ तपाईका यी मनकारी भावहरू सँधै अगाडी बढ्दै जावोस् जीतत र हार एउटा खेल मात्र हो तर जुन तपाईको सोच छ त्यो नै तपाईको जीत हुनेछ अग्रीम बधाई ईश्वर दाइ।
क्याटेगोरी : विचारट्याग : #breaking