Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारम्यानमारको सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या

म्यानमारको सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या


एजेन्सी -लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले  शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरपन्थी भन्दै हत्या गरेको र उक्त शव जलाइएको आरोप लगाएको छ ।

यस घटनामा कम्तिमा पनि ३८ जना मारिएको र जसमध्ये धेरैको शव फेला पारेको  दाबी छ ।

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ दि चिल्ड्रेनले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ ।

संस्थाले विज्ञप्तिमा भनेको छ, ‘काया राज्यमा सेनाले मानिसलाई उनीहरुको कारबाट निकालेर गिरफ्तार गरेको छ र उनीहरुलाई मारेर जलाइदिएको छ।’

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना दुई हराएका कर्मचारी संस्थाको मानवीय काम पूरा गरेपछि छुट्टीमा घर जाँदै थिए ।’ उनीहरु दुई सेनाको कारबाहीमा पक्राउ परेका र त्यस समयदेखि हराइरहेका जनाइएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस