Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारभारतमा ओमिक्रोन संक्रमण बढ्यो, नयाँदिल्लीमा आजदेखि रात्रीकालीन कर्फ्यु

भारतमा ओमिक्रोन संक्रमण बढ्यो, नयाँदिल्लीमा आजदेखि रात्रीकालीन कर्फ्यु


एजेन्सी-भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो क्रममा रहँदा नियन्त्रणको प्रयासस्वरुप कर्फ्यु लागु हुने भएको छ।

सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको हो ।

भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस