गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२१ मा हुनुपर्ने निर्वाचको लागि अध्यक्षका प्रत्यासी कुल आचार्यसँग भएको कुराकानीका आधारमा यो लेखन तयार पारिएको हो। यहाँ खासगरी जम्मा २ वटा बिषयमा कुरा उठाइएका छन्। पहिलो महाधिवेशन प्रतिनिधि र दोश्रो बिधि पूर्वक जाने कुरा।
आचार्यका कुरा
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन र निर्वाचनबारे मैले दर्जनौ पटक भनेको छु। यहाँ सम्मकी अर्को पक्षको पक्षपोषण गर्ने मिडियाको फोरममा नै गएर उनीहरुको फोरमबाट नै यथार्थ कुरा बताएको छु। फेरी पनि भन्छु, एनआरएनहरुको महाधिवेशन र निर्वाचन कुल आचार्य या उसको नेटवर्क या नेपाल सरकारका कारण होइन रोकिएको होइन। यो २०१९-२०२१ को असक्षम नेतृत्वका कारण संभव नभएको हो। यसका एक होइन, दुइ होइन, दर्जनौ तथ्य, प्रमाण र कारण दिएको छु र अझै दिनसक्छु।
संघको करिव करिव स्थापना काल देखि संलग्न भएर धेरै इतिहास भएको तपाइँ र मेरो लागि एनआरएन एउटा घर जस्तै हो। योगदान र धेरै कुराको सुरुवात मैल पनि गरेको छु। २०१९ देखि हाल सम्म मेरो जोडबलले गरेका काम जोड्ने हो भने पुरा नेतित्वले भन्दा म एकल कुल आचार्यको नेटवर्कले गैरआवासीय नेपालीहरुको लागि दिर्घकाल सम्म फाइदा हुने धेरै काम गरेको छ। कुरा लुकार र हतार-हतारमा फोटो खिचेर फोटो समाचार बनाउन र फेसबुक स्टाटस लेख्न होइन सहि अर्थमा काम गरेको छु। मेरा कामलाई अहिले पनि म औंला भाँचेर एक दुइ तीन गन्दै भन्न सक्छु। २०१९ पछिको नेतृत्वले भन्न सकोसकी आफैंले घोषणा गरेको पत्रको कति काम भयो ?
फेरी पनि मैले संघको नियमित अधिवेशनको निर्वाचनमा नेतृत्वको लागि प्रत्यासी हुने जोड गरेको हुँ। संघलाइ बिगार्ने, रोक्ने र अपराध गर्ने, बद्नाम हुनेगरी स्वार्थपूर्ति गर्ने, दातृ निकायको नै ध्यान आकृष्ट हुनेगरी हिनामिना र बदनाम गर्ने जस्ता कम मैले गरेको छैन। अझै पनि मलाइ रोकेको दोष लगाउनेले आफैलाइ किन सोध्न नसकेको?
यहाँलाइ पनि सोधौं, संघको अध्यक्ष म हो की कुमार पन्त ? अधिवेशन गर्नु, राष्ट्रिय समन्वय परिषदहरुलाइ फेसिलेट गरेर जाने काम मेरो हो कि नेतृत्वको ? समयमा सबैका कुरा सुनेर त्यसको निराकरण गर्ने काम मेरो हो कि कुमारजीको ? निष्पक्ष रुपमा निर्वाचन गराउनु मेरो काम हो की कुमाजीको ? आफू काम नगर्ने, काम नै गर्न नसक्ने, आफैं इतिहासको असफल रेकर्ड तोड्ने अनि दोष अरुलाई लगाएर हुन्छ ?
कतै कतै भेटघाटलाइ यसको समाधान र सहमति भनेर बखान गरेको, फोटोलाई समाचार बनाएर सस्तो प्रचारको खेति गरेको पनि देखेको छु। यस्तो उहाँहरुको लागि नयाँ काम होइन पुरानै हो। काम गर्नेले फोटो खिच्नु जरुरी नहुन पनि सक्छ तर नतिजा दिनुपर्यो। उहाँहरु आफैं के के कमिटी भनेर बनाउनु हुन्छ, कुल आचार्यका प्रतिनिधि भनेर आफैं कसैको नाम राख्नुहुन्छ अनि प्रचार पनि आफैं गर्नुहुन्छ। सबैजना प्रष्ट भए हुन्छ यो कुरा सहमति र कुनी के केबाट संघको महाधिवेशन र निर्वाचन संभव छैन र हुँदैन। कुल आचार्यले बार्ता गरौँ, कमिटी बनाउँ भनेर कहिल्यै प्रस्ताव गरेको छैन र त्यसको औचित्य पनि देखेको छैन। यो सबै कुरा समयमा काम नगर्न बहाना गर्ने उहाँहरुको अर्को कौडा हो।
हुनुपर्ने कुरा चाहिं के के हो त ?
हुनुपर्ने कुरा जम्मा २ ओटा मात्र छन्।
१. पहिलो कुरा – महाधिवेशन प्रतिनिधिहरुको लागि राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग बैठक गरेर उनीहरुले पठाएका प्रतिनिधिहरुको चयन गर्नुपर्यो। प्रतिनिधि चयन गर्ने काम कुल आचार्य या कुमार पन्तको होइन। राष्ट्रिय समन्वय परिषदहरुको हो। यति लामो समय देखि काम गर्दै आएको व्यक्तिले यति सामान्य कुरा पनि नबुझ्नु चाहिं एकदम लजास्पद कुरा हो। अनि अहिलेको प्रमुख समस्या नै यहि हो।
२. दोश्रो कुरा- अब उहाँहरुका हत्कण्डा, प्रयास, लफडा, झुट, फट्याईं र चलाखी, छलकपट सबै असफल भैसके। उहाँहरुले दावी गरेको जस्तो अदालती निर्देशनका कुरा त यहाँले नै लेखिदिनु भएको छ त्यो समय नै समाप्त भयो। अब बाँकी भनेको मन्त्रालयले दिएको पत्रको कार्यान्वयन गरेर जाने हो। यसको विकल्प छैन। संरक्षक परिषदलाइ काम गर्न दिने भन्ने नै हो। यहि बिधान हो र यहि बिधि हो अनि यो नै अहिलेको गर्नुपर्ने काम हो।
यो बार्ता, सहमति र कुनी के के भन्ने कुरा न आवश्यक छ, न गैरआवासीय नेपाली संघको बिधानमा छ। न त् कुनै बिधिले नै यस्तो गर्न दिन्छ। यस्तै यस्तै हावा कुरा गरेर नै अक्टुवर २०२१ मा हुनुपर्ने महाधिवेशन अहिले जनवरी २०२२ सम्म हुन् सकेन। संघ नै तहस नहस भैसक्यो, आफैं नेतृत्वमा हुने आफैं संघ र सरकारका बिरुद्ध मुद्धा गर्न जाने। अझै पनि कुल आचार्यले रोकेको भन्ने कुरा पत्याउनेहरुले आफूले आफैलाइ सोध्नु होला।
क्याटेगोरी : अमेरिकाट्याग : #breaking,
#hot