गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार दीप संञ्चार माघ ११, २०७८ गते ८:३१ मा प्रकाशित एजेन्सी -दक्षिण अफ्रिकाबाट उडेको एउटा विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार भएको छ । एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भएको सानो भागमा लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उद्धार गरेको बीबीसीले उल्लेख गरेको छ ।दक्षिण अफ्रिकाको जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। कार्गो विमान केन्याको राजधानी नाइरोबी हुँदै एम्स्टर्ड्याम पुगेको थियो ।११ घण्टा बढी समयको उडानमा रहेको विमानको बाहिरी भागमा लुकेका व्यक्ति जीवित भेटिनुलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले असामान्य भनेका छन् ।निक्कै माथि पुगेपछि अक्सिजनको मात्रा र तापक्रम घट्ने हुँदा लामो उडानमा रहेको विमानको बाहिरी भागमा मानिस जीवित हुने सम्भावना कम हुन्छ ।प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागि नसकेको बताएको बीबीसीले लेखेको छ । ती व्यक्ति जीवित हुनुलाई भने प्रहरीले अद्भूत विषय भनेको छ ।विमान ल्याण्ड भएपछि विमानस्थलमा फेलाका ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। त्यसपछि उनलाई अस्पताल पठाइएको छ ।कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्।आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा रोकिएकाले ती व्यक्ति कहाँबाट पाङ्ग्रामा बसे भन्ने पुष्टि भइसको छैन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #Breakig, #उद्धार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा