विश्वकप छनोट :उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित

काठमाडौँ -आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो ।
१ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै अबिनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । नेपालका लागि आरिफ शेखले ३८ रन र कप्तान सन्दीप लामिछानेले नटआउट १६ रन जोडे ।
यस्तै क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले पराजित गरेको छ । नेपालले भोलि बिहान ११ः४५ बजे फिलिपन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : आर्थिक
ट्याग : #टी–ट्वान्टी विश्वकप क्रिकेट
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस