नेपाल एक खेल अगावै सेमिफाइनलमा, फिलिपिन्समाथि फराकिलो जित

काठमाडौँ -कुशल भुर्तेलको शतकीय इनिङ्स प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउने छन् ।
सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।
सेमिफाइनलमा जित निकाले नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्नेछ । यसअघि नेपाल सन् २०१४ मा ट्वान्टी २० विश्वकप पुगेको थियो । जसमा समूह चरणको तीन खेलमध्ये दुईमा जित र एकमा हारको नतिजा आत्मसाथ गरेको थियो ।
ओमानको मस्कटस्थित नेपालले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्यो ।
फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले सर्वाधिक २० रन बनाए । यस्तै, जोर्डन अलेग्राले १८ कप्तान जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन ।
नेपालका कप्तान सन्दीप लामिछानेले सार्वधिक तीन विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले चार ओभर मात्र नौ रन खर्चिए । यसबाहेक गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
यसअघि कुशल भुर्तेलको शानदार अविजित शतकप्रेरित नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ । ओमानको मक्सटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रनको योगफल तयार गरेको थियो।
दोस्रो ओभरमै ओपनर आशिफ शेखलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल पनि मात्रै १२ रन बनाएर पेभेलियन फर्केका थिए । यद्यपि, तेस्रो विकेटका लागि ओपनर कुशल र दीपेन्द्रसिंह ऐरीले १७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ठूलो योगफलतर्फ डोर्याए । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रको यो साझेदारी टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा ठूलो हो ।
यसअघि नेपालका पूर्वकप्तान पारस खड्का र आरिफ शेखले सन् २०१९ को सेप्टेम्बर २८ मा सिंगापुरविरुद्ध १४५ रनको साझेदारी गरेका थिए । कीर्तिमानी साझेदारी गर्दै कुशल नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । यसअघि पारस र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।
फिलिपिन्सविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रनको अविजित इनिङ्स खेल्दा दीपेन्द्र ४७ बलमा ६ चौका ४ छक्कासहित ८३ रन बनाएर पेभेलियन फर्के । यस्तै पहिलो बलमै छक्का प्रहार गरेका लोकेश बम ३ बलमा ६ रन बनाएर अविजित रहे ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #टी–ट्वान्टी विश्वकप क्रिकेट
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस