रुस-युक्रेन संकट : मारिएका भनिएको १३ जना युक्रेनी सैनिक जीवितै

एजेन्सी -युक्रेनको जलसेनाले रुसी आक्रमणको पहिलो दिन ज्मीन्यी (स्नेक) आइल्यान्ड भनिने टापुको प्रतिरक्षा गर्ने क्रममा ज्यान गुमाएको ठानिएका १३ जना सैनिक जीवितै रहेको बताएको छ।
सिपाहीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका अडिओ रेकर्डिङ्गमा ती सीमा रक्षकहरूले रुसी युद्धपोतलाई आक्रमणको चेतावनीको बदलामा अश्लील गाली गरेको सुनिएको थियो।
त्यस्तो अडिओ बाहिरिएपछि युक्रेनका राष्ट्रपतिले ती ज्यान गुमाएका भन्ने विश्वास गरिएका सीमा रक्षकहरूलाई मरणोपरान्त सम्मान दिएका थिए।
अडिओमा सुनिएको बोलीलाई उनीहरूको अन्तिम शब्दहरूका रूपमा व्याख्या गरिएको थियो। त्यहाँ प्रयोग गरिएको दुर्वचन तत्काल युक्रेनियन सामाजिक सञ्जाल प्रयोगकर्ताहरू माझ व्यङ्ग्यात्मक सामाग्रीको विषय बन्यो।
रुसले त्यस समय त्यो टापुमा रहेका युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेका बताएको थियो।
सोमबार युक्रेनको जलसेनाले एक फेसबुक पोस्टमार्फत ‘हाम्रा दाजुभाइ जीवित र स्वस्थ छन्’ भन्ने जानकारी सार्वजनिक गरेको थियो।
स्नेक टापुका सीमा रक्षक र मरीनहरूले ‘दुई पटक रुसी कब्जाकारीहरूलाई साहसका साथ विफल तुल्याए’ तर उनीहरूले युद्ध जारी राख्न सकेनन् किनभने उनीहरूसँग गोला बारुद सकिएको थियो, पोस्टमा लेखिएको छ।
रुसीहरूले लाइटहाउस, टावर, एन्टेना र मुख्य भूमिसँगको सञ्चार सम्पर्कको उपाय लगायत टापुको पूर्वाधारलाई ‘पूर्ण रूपमा ध्वस्त पारिदिएका’, पोस्टमा उल्लेख गरिएको छ।
‘स्वैच्छिक आत्मसमर्पण’
युक्रेनका जलसेनाले, रुसी आक्रमणपछि मानवीय उद्धार अभियान अन्तर्गत युक्रेनले उक्त टापुमा पठाएको नागरिक खोजी र उद्धार जहाजका चालक दल र उनीहरूसँग आएका दुई जना पादरीहरूलाई गैर कानुनी रूपमा हिरासतमा लिएको आरोप समेत लगाएको छ।
‘कुनै पनि सैन्य अभियानमा संलग्न नभएका गैर-लडाकु नागरिक जहाजको गैरकानुनी कब्जा युद्धको नियम र प्रचलन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हो,’ जलसेनाले चेतावनी दिएको छ।
शुक्रवार रुसी रक्षा मन्त्रालयका प्रवक्ताले ८२ जना युक्रेनी सैनिकहरूले ज्मीन्यी टापुमा ‘आफूसँग भएका हतियार विसाएर स्वेच्छाले आत्मसमर्पण गरेको’ बताएका थिए। उनले रुसी युद्धपोतले कुनै हमला गरेको वा हताहत भएको उल्लेख नगरी त्यस्तो दावी गरेका थिए।
उनले बन्दीहरूलाई ‘शत्रुतापूर्ण गतिविधिमा भाग नलिने प्रतिबद्धतामा हस्ताक्षर गर्न भनिएको ‘ र ‘छिट्टै भविष्यमा उनीहरूको परिवार समक्ष पठाइने’ बताएका थिए।
ज्मीन्यी टापु उत्तर-पश्चिमी ब्ल्याक सी मा अवस्थित छ। युक्रेनी तटबाट लगभग ४८ किलोमिटर र क्राइमियाको ३०० किलोमिटर पश्चिममा पर्छ, जुन क्षेत्रलाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो।
आकारमा सानो भए पनि यसको रणनीतिक महत्त्व छ। एट्लान्टिक काउन्सिलले यसलाई समुद्री क्षेत्रमाथि दाबी गर्नका निम्ति युक्रेनका लागि एउटा महत्त्वपूर्ण कडी भएको बताएको छ।बिबिसी
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #रुस-युक्रेन संकट
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस