Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रपति भण्डारी स्वागत समारोहमा सरिक

राष्ट्रपति भण्डारी स्वागत समारोहमा सरिक


काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि एवं सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक भएकी छन् ।

उनी नेपाली सेनाका परमाधिपति हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी भए ।

यस्तै समारोहमा मन्त्रिगण, सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी भए । सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।रासस


क्याटेगोरी : राजनीति
ट्याग : #विद्यादेवी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस