एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनद्वारा एनसीसी भेलाको आयोजना

अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघको पछिल्लो समय भएको गंभिर संकटलाइ मध्ये नजर गर्दै राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरुको (जुममा) भेला बोलाएका छन्।
संघमा आएको संकटको अवस्थामा आयोजना गरिएको यस भेलाले संघलाइ अगाडी बढाउन ठोस निकास दिने अपेक्षा समेत पूर्व अध्यक्षहरुको रहेको छ। भेलामा सबै एनसीसीहरुलाइ आमन्त्रण गरिएको छ।
पूर्व अध्यक्षहरुको आब्हान पत्र जस्ताको तस्तै
गैरआवासीय नेपाली साथीहरु,
तपाइ हाम्रो रगत–पसिना सिञ्चेर बनेको गैरआवासीय नेपाली संघ अहिले आएर गम्भिर संकटको मोडमा उभिएको छ। समाज र मातृभूमीलाई केही योगदान गर्न बनेको यो संस्थामा पछिल्ला बर्षहरुमा देखिएका बिकृति र बिसंगतिप्रति हामी सबै जानकार नै छौं ।
गैरआवासीय नेपाली संघको सदस्यता र मतदाता छनौटमा वर्तमान कार्यसमितिले अन्याय गरेको भन्दै संसारभरका धेरै सदस्य र धेरै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुले गरेका निरन्तर अनुरोध र गुनासाहरुलाई वर्तमान नेतृत्वले वेवास्ता गरी बिधान बिपरित छानिएका मतदाताका भरमा एकपक्षीय चुनाव घोषणा गरिएको छ।
हामीले संस्थाको एकता र प्रतिष्ठालाई कायम राख्दै बिबाद समाधानका लागि पूर्व अध्यक्षको हैसियतले निरन्तर कोसिस गर्दै आइरहेका छौं । बिबाद समाधान गरी यथासक्य चाडो दशौं महाधिवेशन हुन सकोस् भन्ने मनसायका साथ संघले हालै गठन गरेको बिबाद समाधान “उच्चस्तरीय समिति” मार्फत काम गरी बिबाद समाधानका उपायहरु पेश गरेको यहाँहरुलाई जानकारी गराउदछौं ।
हामीले बिगत ६ महिना यता बिभिन्न चरणमा अनेक कोसिस गरी बिबाद समाधान गर्न र संस्थाको शाख बचाउन प्रयास गर्दै आइरहेका हौं । तर, यो प्रयास निरन्तर खेर गइरहेको छ । असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ । बिबाद समाधानका लागि दिएका सुझाव पालना गर्ने, बिधि सम्मत रुपमा दशौं महाधिवेशन गर्ने आम गैरआवासीय नेपालीहरुको अपेक्षा बिपरित संघको नेतृत्व संस्था एकतर्फी ढंगले चलाउने अभियानमा केन्द्रीत देखिन्छ ।
धेरै देशका राष्ट्रिय समन्वय परिषदबाट अत्याधिक रुपमा र करिव ७० हजार मतदाताले संस्थामा बिधिसम्मत कार्य होस् भनी गरेको बारम्बारको अनुरोधप्रति संस्थाको नेतृत्व उदासिनमात्र देखिएको छैन, निरन्तर एकपछि अर्को बिधान बिपरितका काम भइरहेका छन् । विधि-बिधान अनुरुप सँस्थालाइ पारदर्शी रुपमा चलाउन माग गर्ने एनसीसीहरु माथि उल्टै अवैधानिक कारवाही थालिएको छ ।
तसर्थ, संस्थालाई दुर्घटनाबाट बचाउन तपाइ हामी सवैजना मिलेर संयमित भएर एउटा ठोस कदम चाल्नुपर्ने अबस्था आएको छ । यो अवस्थामा संस्थालाई सुधार गरेर १० औं महाधिवेशन सम्पन्न गर्न सकिने के कस्तो अबस्था र अवसरहरु छन भन्ने बिषयमा परामर्श गर्न संस्थाको पूर्व अध्यक्षहरु एवं अभिभावकको हैसियतमा निम्न मितिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुको (जुममा) भेला बोलाइएको हुँदा यहाँहरु सवैको उपस्थीतिका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति: मार्च ६, २०२२ आइतबार
समय: साझ ५ बजे (नेपाली समय)
१. शेष घले, पूर्व अध्यक्ष
२. देवमान हिराचन, पूर्व अध्यक्ष
गैरआवासीय नेपाली संघ
मार्च ५, २०२२
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #NRNA
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस