Techie IT
×
गृहपृष्ठराजनीतिसंसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस


काठमाडौँ -सरकारले स‌ंघीय संसद्को चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

मंगलबार बसेको बैठकले म‌ंगलबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस