गृहपृष्ठ ∕ समाचार ∕ शेष घलेद्धारा गठित निर्वाचन प्रमुखसहित सदस्यहरुद्धारा सामुहिक राजीनामा शेष घलेद्धारा गठित निर्वाचन प्रमुखसहित सदस्यहरुद्धारा सामुहिक राजीनामा दीप संञ्चार चैत्र १०, २०७८ गते ७:१२ मा प्रकाशित काठमाडौं -गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेद्धारा गठित निर्वाचन समितिका सदस्यहरुले सामूहिक राजिनामा दिएका छन ।निर्वाचनका प्रमुख आयुक्त विश्वनाथ वराल सहित ४ जना माथि घलेले अभद्र व्यवहार गरे पछि बुधवार सामुहिक राजिनामा दिएका हुन । उनीहरुलाई घलेले १३२ जना मतदाताको नाम देखाएर निर्वाचन गराउन दवाव दिएका छन । तर निर्वाचन समितिले सदस्यहरुको कमी भएको र ठुलो मात्रामा सदस्यहरुले बहिस्कार गरेकाले निर्वाचन गराउन नसक्ने बताएपछि घलेले अभद्र व्यवहार गर्दै आफुले प्रधानमन्त्रीले भनेको त नमान्ने भन्दै निर्वाचनका पदाधिकारीलाई अपमानित शब्दहरु प्रयोग गरेको एक सदस्यले बताए ।घलेद्वारा गठन गरिएको निर्वाचन समितिलाईनै घलेले दूर्ब्यवहार गरेको भन्दै समितिका सबैले राजिनामा दिएका छन । निर्वाचन समितिद्वारा आज प्रेस बिज्ञप्ती जारि गर्दै उक्त घोषणा गरिएको हो ।प्रेस बिज्ञप्तीमा ‘गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको गत मार्च ६ तारिख २०२२ मा बसेको बैठकले दिएको म्यान्डेट अनुरुप प्रमुख संरक्षक शेष घलेले गठन गरेको निर्वाचन समितिमा रही हामीले काम गरिरहेकोमा एनसीसीका अध्यक्षहरुले नै हाल सुरु गरिएको निर्वाचन प्रक्रिया संघको विधान र नियमावली विपरित हुनुका साथै संस्थालाई विभाजित र विखण्डन गर्ने उद्देश्यले अगाडि बढाइएको भन्दै प्रमुख संरक्षकलाई त्यतिबेला दिइएको म्यान्डेट सबै एनसीसीले फिर्ता लिएको हामीलाई जानकारी गराएको’ उल्लेख गरेका छन ।बिज्ञप्तीमा भनिएको छ “मिति २३ मार्च २०२२ का दिन अपरान्ह निर्वाचन अधिकृतहरुको बैठकमा प्रमुख संरक्षकले प्रमुख निर्वाचन अधिकृतसहित निर्वाचन समितिका सदस्यहरुलाई अमर्यादित व्यवहार गर्नुभएको प्रति गम्भीर आपत्ति गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न