गृहपृष्ठ ∕ राजनीति ∕ रसुवामा कांग्रेसको घरदैलो अभियान तीव्र रसुवामा कांग्रेसको घरदैलो अभियान तीव्र दीप संञ्चार चैत्र १९, २०७८ गते १६:२५ मा प्रकाशित रसुवा – आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेपाली कांग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा कांग्रेसले सबै पालिकामा घरदैलो अभियानलाई तीव्रता दिएको हो ।नेपाली कांग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट पार्टी प्रशिक्षण लगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटकको माहोल आफ्ना पक्षमा रहेको दाबी गरिरहेको छ ।रसुवाबाट प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य यस पटक पाँचवटै गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गर्ने बताउँछन् । समृद्ध रसुवा निर्माणका लागि आगामी निर्वाचनमा रसुवाली नागरिकले यस पटक कांग्रेस नै रोज्ने उनको धारणा छ । हाल कांग्रेसले नेतृत्व गरिरहेका गाउँपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले पनि समृद्ध रसुवाका निर्माणका लागि कांग्रेसकै नेतृत्व आवश्यक रहेको पुष्टि गरेकाले पनि आसन्न स्थानीय तह निर्वाचनमा यहाँका सबै पालिकामा कांग्रेस विजयी हुने उनले बताए ।पाँच स्थानीय तह भएको रसुवामा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले दुई, नेकपा (एमाले) ले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टीको रसुवा जिल्ला कार्यसमिति सहितको पार्टी यसअघि नै नेपाली कांग्रेसमा विलय भइसकेको छ । रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।रासस क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)