Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएका अध्यक्षहरुले पदका लोभी होइनौ भन्ने प्रमाणित गर्नुपर्छ : निवर्तमान अध्यक्ष पन्त

एनआरएनएका अध्यक्षहरुले पदका लोभी होइनौ भन्ने प्रमाणित गर्नुपर्छ : निवर्तमान अध्यक्ष पन्त


काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष कुमार पन्तले संस्थाका वर्तमान तीनै जना अध्यक्षहरुले मिलेर संस्थाको हितमा काम गर्न नसके ठूलो क्षति बेहोर्नुपर्ने बताएका छन् । निवर्तमान अध्यक्ष पन्तले संस्थालाई विभाजनबाट जोगाउन अध्यक्षका तीनै जना उम्मेदवारलाई अध्यक्ष बनाउने र पदहरु थप्ने जस्ता अप्रिय निर्णय गर्नुपरेको बताउँदै संस्थाकोे हितमा काम नगरे र फेरि झगडा गरे ब्यक्तिगत रुपमा ठूलो क्षति बेहोेर्नुपर्ने बताएका हुन् ।

पन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भविष्यमा नजिर नबस्ने गरि पदहरु थपिएको र अर्को कार्यकालबाट यी सबै पदहरु स्वतः खारेज हुने पनि बताउनु भयो । अध्यक्षका उम्मेदवार सबै जनालाई अध्यक्ष बनाउँदा मात्र तत्कालका लागि संस्था विभाजनबाट जोगिने भएकाले उनहरुले इच्छा जाहेर गरेअनुसार पदीय जिम्मेवारी दिइएको पन्तको भनाई छ । ‘संस्थामा पदका आंकाक्षी साथीहरु थेरै भए । संस्थाले पद लिनुस, विभाजन नगर्नुस भनेर मात्र पदीय जिम्मेवारी दिएको हो । कसैले लुकाउनु पर्दैन, अहिलेको समस्या अध्यक्षका उम्मेदवारहरुकै कारण आएको हो’, उनले भने ।

पन्तले पद प्राप्तिका लागि जे पनि गर्न तयार रहेछन भन्ने जनमानसमा परे पनि तत्कालका लागि यो निर्णयले संस्थाको गरिमा भने बचेको दावी गरे । उनले नेतृत्वमा पुग्ने ब्यक्तीको गरिमा भने गिरेकाले हिजोको गल्तीबाट पाठ सिकेर राम्रा राम्रा काम गरेर एनआरएनएको उचाई बढाउने काम गरेमा भने उचाई बढ्ने र गल्तीलाई सबैले माफी दिने बताए ।

‘यी पदका लोभी र आंकाक्षी हुन, पदका लागि जे पनि गर्दा रहेछन भन्ने जनमानसमा परेको छ’, उनले भने, ‘त्यसो भएको हुनाले असल र राम्रा काम गर्नु भएन भने संस्थालाई भन्दा उनहरुलाई नै बढी ड्यामेज गर्छ ।’ साथै उनले झट्ट हेर्दा हिजोको विभाजीत मनोविज्ञान, झगडालु स्वभावका साथीहरु एकै ठाउँमा भएकाले मिल्न सक्दैन कि भन्ने अनुमान सहजै लगाउन सकिने भए पनि आत्मालोचना गरेर अगाडि बढेमा र संस्थाको हित सोचेमा भने मिलेर काम गर्न सकिने बताए ।

उनले वर्तमान नेतृत्वका चुनौती र अवसर दुवै रहेको बताउँदै आलोचित भएका साथीहरुले महसुस गर्दै गल्तीलाई सच्याएर जनमानस नकारात्मक छन भन्दै होसियारीका साथ काम गर्नुपर्ने उनले सुझाव दिए । त्यस्तै, सामाजिक काम गर्ने ब्यक्तिलाई अन्य धेरै क्षेत्र रहेको बताउँदै निवर्तमान अध्यक्ष पन्तले संस्थामा तल्लो तहदेखि काम गर्दै नेतृत्वमा सम्म पुगिसकेकाले अब संस्थामा सक्रिय भइरहनुपर्छ भन्ने नरहेको बताए ।

सामाजिक काम गर्छु भन्नेलाई अन्य धेरै क्षेत्र भएकाले ब्यक्तिगत इच्छाको आधारमा अगाडि बढ्न सकिने बताए । पन्तले नेतृत्व हस्तान्तरण गरिरहँदा कुनै किसिमको छुट्टै खाले अनुभुति नभएको पनि बताए । उनले एनआरएनए सामाजीक च्यारिटीको काम गर्ने संस्था भएको र नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने खाँचो औल्याए । साथै पदीय जिम्मेवारीमा नभएपनि सामाजीक कार्य गर्न भने पछि नहट्ने उनले बताए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #कुमार पन्त

तपाईको प्रतिक्रिया दिनुहोस