Techie IT
×
गृहपृष्ठराजनीतिउम्मेदवार टुंगो लगाउन कांग्रेसले सात प्रदेशमा सात सहमहामन्त्री खटाउने

उम्मेदवार टुंगो लगाउन कांग्रेसले सात प्रदेशमा सात सहमहामन्त्री खटाउने


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ ।

आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो । उनीहरूलाई प्रदेशमा उमेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ ।

प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस