Techie IT
×
गृहपृष्ठराजनीतिसत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी


सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।

 

गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैदिन हुँदैछ । निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #सत्तारूढ पाँच दलीय गठबन्धन

तपाईको प्रतिक्रिया दिनुहोस