Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनए अमेरिकामा सुवेदीकै नेतृत्वको कार्यसमिति वैधानिक,हल्लाको भरमा नलाग्न एनआरएनए अमेरिकाज आरसी पोखरेल र डिआरसी सुवेदीको आग्रह

एनआरएनए अमेरिकामा सुवेदीकै नेतृत्वको कार्यसमिति वैधानिक,हल्लाको भरमा नलाग्न एनआरएनए अमेरिकाज आरसी पोखरेल र डिआरसी सुवेदीको आग्रह


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए अमेरिकाको नाममा नयाँ कार्यसमिति गठन गरिएको भनी सार्वजनिक गरिएको पत्रले आफ्नो ध्यान आकृष्ट भएको एनआरएनए अमेरिकाज क्षेत्रका आरसी राम सी पोखरेल र डिआरसी रामकुमार सुवेदीले एक बिज्ञप्ती जारी गर्दै जनाएका छन । यस क्षेत्रको क्षेत्रीय संयोजकलाई एनआरएनए आइसीसीको वर्तमान कार्यसमितिले एनआरएनए अमेरिकाको मान्यता खारेज गरेर नयाँ कार्यसमिति गठन गर्न कुनै पनि पत्र दिएको छैन । विधान र विधि भन्दा बाहिर गएर विना आधार र कारण बुद्धि सागर सुवेदी अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका भङ्ग गरिएको भनी एनआरएनए आइसीसी अमेरिका क्षेत्रका केही पदाधिकारिहरुको नाममा आएको पत्र अवैधानिक भएको उनिहरुले बताएका छन । आम समुदायमा देखिएको निराशा घटाउने र एनआरएनएको प्रतिष्ठा बढाउनु पर्ने समयमा मतान्तर बढाउने र समस्या बल्झाउने कामले संस्था र समुदायको हित गर्न सक्दैन पोखरेलले बिज्ञप्तिमा उल्लेख गरेका छन । यस्ता अवैधानिक गतिविधिलाई निरुत्साहित गर्दै आईसीसीको नेतृत्व र सचिवालयले समयमा नै कडा कदम नचालेमा विश्व भर नै यसको असर देखिने निश्चित भएकाले यस्तो अनावस्यक बिबादमा नलाग्न पोखरेलले आइसिसिलाई आग्रह गरेका छन । यसबाट संस्थाले ठुलो मूल्य चुकाउनु पर्ने अवस्था आएकाले एनसीसीहरु स्वतन्त्र, स्वायत्त र सम्बन्धित देशको विधि विधानको अधीनमा रहन्छन । आइसीसीसँग एनसीसीहरुको विश्वासिलो सम्बन्ध छ । एनसीसीहरुकै जगमा आइसीसी उभिएको तथ्यलाई हामीले भुल्नु हुँदैन पोखरेलले बताए ।

ठुलो विवाद र सङ्कटलाई टार्दै सहमतिको जगमा आएको आईसीसीको नयाँ कार्यसमितिको पहिलो पूर्ण बैठक समेत नबस्दै यस्ता अवैधानिक गतिविधि क्षेत्रीय पदाधिकारीहरूबाट हुँदा एकताको सम्पूर्ण जग भत्किने खतरा भएकाले तुरुन्तै आईसिसिले आफ्नो कदम चाल्नुपर्ने पोखरेलले बताए । आईसीसीले सबैलाई समेटेर जाने साथै कुनै समस्या देखिएमा समाधान गर्ने सहजीकरण गर्ने काम गर्नु पर्छ । अप्रिल २३ तारिक बसेको एनआरएनए आइसीसीको ओवी बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउने विषयमा पहल थाल्ने निर्णय समेत गरेको थियो । त्यति हुँदा हुँदै पनि सदस्यता शुल्क नबुझाएको भन्दै अवैधानिक गतिविधि गर्नु मनासिब देखिँदैन पोखरेलले बताएका छन । संस्थामा बेमेल र फुट देखाउन अवैधानिक रूपमा गरिएका गतिविधि प्रति खेद व्यक्त गर्दै बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको गैर आवासीय नेपाली संघ अमेरिका यथावत रहेको एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राम सी पोखरेल र सहसंयोजक रामकुमार सुवेदीले बताए ।
एकताको महाधिवेशन भनिएको संघको दशौँ महाधिवेशन सम्पन्न भएको एक महिना पनि पुरा नहुँदै महाधिवेशनको मर्म र भावना विपरीत निर्वाचित कार्य समिति भङ्ग गरिएको भन्ने अमेरिकाज क्षेत्रका केहि ब्यक्तिको नामबाट मार्च २४, २०२२ मा (एक महीना अगाडिको मितीमा ) प्रकाशित विज्ञप्ति विधान विपरीत रहेको एनआरएनए अमेरिकाज क्षेत्रले जनाएको छ। एनसीसी अमेरिका अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न एनआरएनए अमेरिकाजले सबैलाई सचेत गराएको छ । यस्ता झुट्ठा प्रचार बाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि एनआरएनए अमेरिकाज क्षेत्रका आरसी/डिआरसीले आफ्ना सबै सदस्यहरू तथा शुभेच्छुकहरुमा आग्रह गरेका छन ।

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राम सी पोखरेल र सहसंयोजक रामकुमार सुवेदीले निकाल्नु भएको प्रेष बिज्ञप्ती जस्ताको तस्तै :

अध्यक्षज्युहरु,
गैर आवासीय नेपालीसंघ
अन्तर्राष्ट्रिय समन्वय परिषद

विषय: भ्रममा नपर्न आग्रह ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नाममा नयाँ कार्यसमिति गठन गरिएको भनी सार्वजनिक गरिएको पत्रले मेरो ध्यान आकृष्ट भएको छ । यस क्षेत्रको क्षेत्रीय संयोजक म राम चन्द्र पोखरेललाई एनआरएनए आइसीसीको वर्तमान कार्यसमितिले एनआरएनए अमेरिकाको मान्यता खारेज गरेर नयाँ कार्यसमिति गठन गर्न कुनै पनि पत्र दिएको छैन । विधान र विधि भन्दा बाहिर गएर विना आधार र कारण बुद्धि सागर सुवेदी अध्यक्ष रहेको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका भङ्ग गरिएको भनी एनआरएनए आइसीसी अमेरिका क्षेत्रका केही पदाधिकारिहरुको नाममा आएको पत्र अवैधानिक छ । आम समुदायमा देखिएको निराशा घटाउने र एनआरएनएको प्रतिष्ठा बढाउनु पर्ने समयमा मतान्तर बढाउने र समस्या बल्झाउने कामले संस्था र समुदायको हित गर्न सक्दैन । यस्ता अवैधानिक गतिविधिलाई निरुत्साहित गर्दै आईसीसीको नेतृत्व र सचिवालयले समयमा नै कडा कदम नचालेमा विश्व भर नै यसको असर देखिने निश्चित प्राय छ । यसबाट संस्थाले ठुलो मूल्य चुकाउनु पर्ने छ । एनसीसीहरु स्वतन्त्र, स्वायत्त र सम्बन्धित देशको विधि विधानको अधीनमा छन् । आइसीसीसँग एनसीसीहरुको विश्वासिलो सम्बन्ध छ । एनसीसीहरुकै जगमा आइसीसी उभिएको तथ्यलाई हामीले भुल्नु हुँदैन ।

ठुलो विवाद र सङ्कटलाई टार्दै सहमतिको जगमा आएको आईसीसीको नयाँ कार्यसमितिको पहिलो पूर्ण बैठक समेत नबस्दै यस्ता अवैधानिक गतिविधि क्षेत्रीय पदाधिकारीहरूबाट हुँदा एकताको सम्पूर्ण जग भत्किने छ । आईसीसीले सबैलाई समेटेर जाने साथै कुनै समस्या देखिएमा समाधान गर्ने सहजीकरण गर्ने काम गर्नु पर्छ । अप्रिल २३ तारिक बसेको एनआरएनए आइसीसीको ओवी बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउने विषयमा पर्ने पहल थाल्ने निर्णय समेत गरेको छ । त्यति हुँदा हुँदै पनि सदस्यता शुल्क नबुझाएको भन्दै अवैधानिक गतिविधि गर्नु मनासिब देखिँदैन । संस्थामा बेमेल र फुट देखाउन अवैधानिक रूपमा गरिएका गतिविधि प्रति खेद व्यक्त गर्दै बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका यथावत् रहेको जानकारी गराउँदछु ।

राम सी पोखरेल
क्षेत्रीय संयोजक, अमेरिकाज क्षेत्र
राम कुमार सुबेदी
क्षेत्रीय उप-संयोजक, अमेरिकाज क्षेत्र
मिति: अप्रिल २४ तारिक २०२२


क्याटेगोरी : समाचार
ट्याग : #एनआरएनए

तपाईको प्रतिक्रिया दिनुहोस