Techie IT
×
गृहपृष्ठसमाचारउपमेयरका उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन टिकट

उपमेयरका उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन टिकट


उपमेयरका उम्मेदवारको मृत्यु भएपछि काँग्रेस कपिलवस्तुले महाराजगञ्ज नगरपालिकामा उनकी बुहारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनकी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

महाराजगञ्ज नगरपालिकामा सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगित गरेको थियो । आयोगले जेठ ३ मा निर्वाचन हुनेगरी नयाँ निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।

नयाँ निर्वाचन कार्यतालिका अनुसार काँग्रेसले रितालाई उपमेयर पदको उम्मेदवारी दर्ता गराएको छ । २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिएकी छन् ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस