गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला कतारी राजकुमारी शेखा आश्मा अलथानी कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला कतारी राजकुमारी शेखा आश्मा अलथानी दीप संञ्चार वैशाख २९, २०७९ गते १०:५४ मा प्रकाशित कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् ।आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् ‘’म केहि दिन विरामी परेकी थिएं त्येसैले आंटेको हिमाल चढ्न सक्दिन की झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भब्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।‘’उनले आफ्नो पोष्टमा भनेकी छन् हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसंगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।उनले आफ्नो सफलताका पछाडी बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । जसमा निम्स दाइ लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन् ।विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसंग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फट्याग : #कतारी राजकुमारी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा