काठमाडौं महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं-काठमाडौं महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ । मतगणनामा निकै ढिलाइ भइरहेको प्रति आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए ।
मतगणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै कुनै उपाय लगाएर समाधान गर्ने प्रयास भइरहेको बताए । ‘काठमाडौं महानगरको मतगणनामा ढिलाई भएकै हो । यस विषयमा हामी छलफल गरिरहेका छौं । थप स्थानमा पनि मत गणना गर्नेगरी काम गर्छौं,’ प्रवक्ता पौडेलले भने ।
धेरै ठाउँबाट एकै पटक मतगणना गर्दा आयेगसँग उपलब्ध स्रोत साधनले कतिको सम्भव छ भन्ने विषयमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको उनको भनाइ छ ।
काठमाडौं महानगरपालिकामा एक मत गन्न २० मिनेटभन्दा बढी समय लागिरहेको छ । यस हिसाबले मत गन्न महिनौं लाग्ने देखिन्छ । मतगणनामा ढिलाइ भएपछि दुई ठाउँ थप गरेको थियो । सुरुमा १ नम्बर र ३२ नम्बर वडाबाट मत गणना थालिएको थियो । पछि २,३,४ र ३१ वडाको मत गणना थालिएको थियो ।
३१ वैशाख बिहान १० बजेदेखि थालिएको मत गणना सोमबार अपरान्हसम्म आउँदा १४ हजार मात्र मतगणना भइसकेको छ । मतगणनामा ढिलाइ भएपछि आयोगले विकल्पको खोजी गर्न थालेको हो ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनको काठमाडौं महानगरको मतगणना १३ दिनमा सकिएको थियो । जनतापाटी
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस