Techie IT
×
गृहपृष्ठराजनीतिमध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै


भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।

मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन् । अहिलेसम्म सात वटा वडाको मतगणना सकिसकेको छ । अब वडा नम्बर ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणना बाँकी छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खसेको छ। यो दुवै वडामा एमाले बलियो मानिँदैन । यसअघि यहाँ नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो । यही कारण काँग्रेसको मेयर सुरेन्द्र विजयी नजिक पुगेको हो ।

सुरेन्द्रलाई पछ्याउँंदै गएका एमालेका मदनसुन्दर श्रेष्ठ निवर्तमान मेयर हुन् । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट यसअघिको स्थानीय निकायको निर्वाचनमा उनी भारी मतले मेयरमा विजयी भएका थिए ।

मध्यपुर थिमि नगरपालिकामा हालसम्म कांग्रेसले वडा नं १, २, ३, ५ र ६ गरी पाँंच वडामा अध्यक्ष जितिसकेका छ भने एमालेले वडा नम्बर ४ र ७ गरी दुई वडामा अध्यक्ष जितेका छ ।

नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाइँ हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस