गृहपृष्ठ ∕ समाचार ∕ गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत दीप संञ्चार जेठ ५, २०७९ गते १०:५१ मा प्रकाशित आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ ।तिलौराकोटलाई विश्व सम्पदा सुचिमा लैजाने प्रक्रियाको विषयमा लुम्बिनीमा आयोजित सेमिनारले निष्कर्ष निकालेको हो । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ ।कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए ।दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए ।तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाडि बढ्ने आर्केटेक काइ वाइजीले बताए ।अष्ट्रेलियाका विज्ञ डङ्कन पार्सलले तिलौराकोटको डिजाइन गरि रहेको र अहिले डकुमेन्ट्री बनाउने काम भइरहेकोले अबको २ वर्ष भित्रमा काम पूरा हुने र सन् २०२४ मा विश्व सम्पदा सूचिमा सुचिकृत हुने लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानिन राईले बताए ।दुई दिन सम्म भएको सेमिनारमा विज्ञहरुको सुझाबलाई तिलौराकोटको बारेमा सबैले बुझ्ने गरी किताबको रुपमा प्रकाशन गर्ने प्रमख राईले बताए ।विश्व सम्पदामा सुचिकृत भइसकेपछि गौतमबुद्धको घर तिलौराकोट दरबारको संरक्षण हुने र पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास हुनेछ ।क्याटेगोरी : समाचारट्याग : #तिलौराकोट दरबार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)