गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी दीप संञ्चार जेठ ७, २०७९ गते १९:४५ मा प्रकाशित गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा यही मे २८ देखि ३१ तारिख सम्म सगरमाथा दिवस मनाइने भएको छ ।नेपालका तेन्जिंग नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ बर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथा को सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै उक्त अबसरमा न्युजिल्यान्डमा रहेका सगरमाथा आरोहीहरूको पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण बिषयमा उत्थान गर्ने हेतुले स्थापना गरेको संस्था हिमालयन ट्रस्ट र न्युजिल्यान्डमा रहेका नेपाली संघ संस्थाहरुको यो दिबसको आयोजनामा सहकार्य रहने बताइएको छ।न्युजिल्यान्डमा सन् २०१४ देखि मनाउन सुरुआत गरिएको सगरमाथा दिबस यो बर्ष न्युजिल्यान्डका विभिन्न छ शहरहरु मध्ये इन्भरकारगिलमा २८ मे का दिन, अक्ल्यांड, बे अफ प्लेनटी, हेमिलटन र क्राइस्टचर्चमा २९ मे का दिन र वेलिंगटनमा ३१ मे का दिन सम्पन्न हुँदै छन्।विभिन्न समयमा हिमाल आरोहण गर्ने आरोहिहरुको उपस्थिति हुने यो दिवसमा नेपाल प्रति र हिमाल आरोहणमा चाख राख्ने व्यक्तिहरु तथा न्युजिल्याण्डमा रहने नेपालीहरुको ठुलो संख्यामा सहभागिता हुने अपेक्षा गरिएको छ।कार्यक्रममा सर एडमण्ड हिलारीको हस्ताक्षर भएको पाँच डलर नोट र हिलारी र तेञ्जिङ्ग भएको कलाकृतिको लिलाम बढाबढ गरिने र प्राप्त रकम हिमालयन ट्रस्टलाई हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन