गृहपृष्ठ ∕ राजनीति ∕ फोहोर व्यवस्थापन गर्न अन्य ५ ठूला योजनाको बजेट काटौँ : गगन थापा फोहोर व्यवस्थापन गर्न अन्य ५ ठूला योजनाको बजेट काटौँ : गगन थापा दीप संञ्चार जेठ २४, २०७९ गते १५:३८ मा प्रकाशित सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि विभिन्न ५ आयोजनाको बजेट काट्न प्रस्ताव गरेका छन् ।मंगलबार आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि छलफलका क्रममा उनले काठमाडौं महानगरमा यो वर्षका लागि छुट्याइएको फ्लाई ओभरको बजेट फोहोर व्यवस्थापनमा खर्च गर्न आग्रह गरे ।उनले भने–‘फोहोरको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले पुग्दैन । अरबौं रुपैयाँ लाग्छ । फोहोर व्यवस्थापनका लागि छुट्टै बजेट छुट्टाइएको छैन, काठमाडौंमा यो वर्ष फ्लाई ओभर, अन्डरपास नभएपनि हुन्छ । बरु काठमाडौं बाहिरको ५ वटा योजना काटे पनि हुन्छ । त्यसबाट केही अरब निकाल्ने हो भने फोहोरको दीर्घकालीन समाधान निस्कन्छ ।’उनले यसबारे विचार गर्न मन्त्री र सरकारको ध्यानाकर्षण गराए । सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक बिस्तारका लागि विनियोजन भएको ४ अर्ब रुपैयाँ बजेटको काम अझै कार्यान्वयन भइनसकेको बताए । ठेक्कामा गएका सडक अस्थव्यस्थ भएपछि मन्त्रालय, सडक विभागमा निवेदनमाथि निवेदन दिएको, निर्माण व्यवसायीको घरमा ८ घण्टा कुरेर भेट्दा पनि काम नभएको उनले बताए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #गगन थापा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा