गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी अन्तिम चरणमा, अध्यक्ष सुवेदीले गरे यस्तो अनुरोध एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी अन्तिम चरणमा, अध्यक्ष सुवेदीले गरे यस्तो अनुरोध दीप संञ्चार जेठ २८, २०७९ गते ९:२१ मा प्रकाशित काठमाडौं – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलन आउँदो जुलाई ३ र ४ तारिखका दिन नर्थ क्यारोलिनामा हुँदैछ । साधारणसभा तथा ज्ञान सम्मेलनको लागि आवश्यक तयारीका कार्यहरु अन्तिम चरणमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सागर सुबेदीले जनाएका छन् ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सम्पूर्ण सदस्यहरुमा नमस्कार ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलन आउँदो जुलाई ३ र ४ तारिखका दिन नर्थ क्यारोलिनामा हुन लागेको यहाँहरु सबैमा जानकारी रहेकै छ । साधारणसभा तथा ज्ञान सम्मेलनको लागि आवश्यक तयारीका कार्यहरु अन्तिम चरणमा पुगेको छ ।अमेरिकामा रहनुहुने सम्पूर्ण गैर आवासीय नेपालीको साझा थलो गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न साधारणसभालाई सफल पार्ने साझा दायित्व पनि तपाई हामी सबैको हो । गैर आवासीय नेपालीको हितका लागि अझ प्रभावकारी ढंगवाट कार्य गर्नका लागि संघ कसरी अघि बढ्नुपर्दछ र संघले आगामी दिनको यात्रा कसरी अघि बढाउनुपर्दछ भनेर तपाई सबैको सुझाव, सल्लाह र मार्ग दर्शनको लागि साधारणसभाको विशेष महत्व रहन्छ । सँग सँगै विज्ञ सम्मेलन समेत आयोजना गरिएकाले यसको सफलतासँग अमेरिकामा रहने तपाई हामी सबैको प्रतिष्ठा जोडिएको छ । यसर्थ पनि तपाई सबैको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु । संघको विधानमा पनि केही थप घट आवश्यक रहेको देख्नुभएको छ भने पनि समयमानै सुझाव गर्नुहुन पनि अनुरोध छ, साधारणसभाका लागि रजिष्ट्रेशनका लागि पनि सबैमा अनुरोध गर्दछु ।पक्कैपनि एनआरएनए अमेरिकालाई शसक्त ढंगवाट एनआरएनएहरुका लागि काम गर्न सक्ने बनाउनका तपाई सबैले उत्तिकै पहलकदमी लिनुभएकै छ र सँगसँगै तपाईहरु सबैको सहयोग विश्वमा सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद्को रुपमा एनआरएनए अमेरिका रहेको छ ।संस्था ठूलो हुँदै जाँदा तथा एउटा जिवन्त र गतिशिल संस्थामा कतिपय अवस्थामा केही बिषयहरू उठ्न सक्छन् तर ति बिषयहरूहामीहरु सबैले वार्ता र संवादको दिशावाट नै सहमतीको विन्दु खोजेर समाधान गर्नैपर्दछ । तपाई आम सदस्यहरुले पनि संस्थामा वेमेल जस्तो नदेखिए हुन्थ्यो भन्ने सकारात्मक चाहना सधैं नै राख्नुभएकैछ, यसलाई नेतृत्वले पनि गम्भिरता पूर्वक नै लिदैं आएको छ । सबैलाई समेटेर लाने दिशामा हामी सधै सकारात्मक नै थियौं र रहन्छौं । अव हामी सबै एनआरएनए अमेरिकाको ११ औं साधारणसभामा भेट्नेछौं, संस्थालाई अझ उन्नत ढंगवाट अगाडि बढाउनका लागि एक आपसमा छलफल गर्नेछौं ।कहिलेकाही केही बिषयहरू उठ्ने गरेपनि यसको अर्थ संस्था कमजोर भयो भन्ने कदापि होईन, हामी सबै गैर आवासीय नेपाली हौं, हामी सबै गैर आवासीय नेपाली अभियानमा सँगै थियौं, छौं र हुनेछौं ।तपाई सबैलाई फेरि हार्दिक धन्यवाद छ, र अन्त्यमा हालै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा नेपाली राष्ट्रिय क्रिकेट टोली समेत सहभागि रहेको एनआरएनए एनसिसी युएसए कप सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जुन कुनै प्रकारले सहयोग गर्नुहुने संस्था तथा व्यक्तिहरुमा हार्दिक धन्यवाद समेत दिन चाहन्छु ।भवदीय,बुद्दि सागर सुबेदीअध्यक्षगैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #breaking, #एनआरएनए अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न