अमेरिकाको डिसी क्षेत्रमा दशैँ–तिहार महोत्सव २०२२ हुने

अमेरिकाको डिसी क्षेत्रमा दशैँ–तिहार महोत्सव २०२२ हुने भएको छ । ‘थ्री ई इन्टरटेन्मेन्ट’ संस्थाको आयोजनामा फेरि एकपटक राजधानी वासिङ्टन डिसी अनि त्यस वरिपरि अवस्थित भर्जिनिया र मेरील्याण्ड राज्यहरूमा बढ्दोसंख्यामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी यस वर्ष पनि “विशेष दशैँ–तिहार महोत्सव” विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ ।
यस किसिमको महोत्सव आयोजना र सहभागिताबाट समुदायका विभिन्न सामाजिक व्यक्तित्वलाई चिन्ने–चिनाउनेअवसर प्राप्त हुनेछ भने खासगरी महोत्सवमा “नेपाली पन र नेपाली मन” को अभूतपूर्व संगम रहने हुँदा योआयोजना विशेष उल्लेखनीय समेत ठहरिनेछ ।
रंगी–बिरंगी सारी, चुरा–पोतेर आकर्षक गर–गहना समेतको पहिरनमा सजिएका दिदीबहिनीहरू अनि दौरा–सुरुवाल–टोपीकोपरिधानमा ठाँटिएका अग्रज र कनिष्ठ दाजुभाइहरू एकैठाउँमा उपस्थित भई परम्परागत नेपाली शैलीमा गीत गाउँदैर नृत्य गर्दै रमाइहेकोदृश्य आफैँमा अभूतपूर्व रहनेछ । बालबालिका, युवा तथा बृद्ध आमाबुबाहरू समेतको उपस्थितिले महोत्सव झन्रोचक हुनेछ । यसरी भेटघाट, गीत र नृत्यका साथै खीर, सेलरोटी, अचार, मम समेतको विशेष पकवान पनि सँगै उपलब्ध हुने हुँदा दशैँ–तिहार अमेरिकामा मनाइरहेको भए पनि नेपाली मौलिक स्वाद प्रकट भइरहेको हुनेछ ।
थ्री ई इन्टरटेनमेन्ट संस्थाले पछिल्ला बीस वर्षभन्दा लामो समयदेखि वासिङटन डिसी मेट्रो क्षेत्रका नेपाली समुदायबीच व्यवसायिक कार्यक्रमहरूको सफल आयोजना गर्दै आएको छ । यी लामा र विशेष अनुभवहरूका आधारमा हामी यसपटक पनि दशैँ–तिहार महोत्सव भव्य एवं सभ्य रूपमा सम्पन्न गर्ने कुरामा प्रतिबद्ध छौँ ।
‘दशैँ–तिहार महोत्सव २०२२’ पूर्ण पारिवारिक वातावरणबीच २०२२ सेप्टेम्बर २५ आइतबार भर्जिनियाको सेन्टरभिल क्षेत्रस्थित “बुल रन इभेन्ट सेन्टर” ९बुल रन इभेन्ट सेन्टर, ७७०० बुल रन ड्राइभ, सेन्टरभिल, भर्जिनिया २०१२१० मा आयोजना हुनेछ । करिब आठ हजार मानिस सहभागी हुन सक्ने यस सेन्टरमा प्रसस्त ठाउँ उपलब्ध छ जहाँ सहजै क्रस–कन्ट्री रेस, भोजन तथा पेय महोत्सव, सांस्कृतिक महोत्सव र अन्य अनेक अनेक महोत्सवहरू एकै समयमा सम्पन्न हुन सक्दछन्।
महोत्सवको प्राथमिक खर्च कर्पोरेट प्रायोजक एवं महोत्सवमा स्टल वा मञ्च राख्ने महानुभावहरूबाट प्राप्त हुनेछ । महोत्सवबाट उठेको रकमको केही अंश एनआरएनए भर्जिनिया च्याप्टरलाई जानेछ ।
क्याटेगोरी : अमेरिका
ट्याग : #अमेरिका
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस