गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाउदै आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाउदै दीप संञ्चार साउन १२, २०७९ गते ११:२५ मा प्रकाशित “आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका” भन्ने मुल नाराका साथ विश्वभर मनाउन लागिएको २८ औं विश्व आदिवासी दिवस युएईमा पनि नेपाल आदिवासी जनजाती महासंघ युएईले नेपाली दुतावास अबुधावीका राजदुत महामहिम कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा आगामी १४ अगष्टका दिन विविध कार्यक्रमका साथ बर दुवई स्थित क्लव एभरेस्टमा मनाउने भएको छ ।कार्यक्रममा विभिन्न जातिका मौलिक सांस्कृतिक झाकीको प्रदर्शन, हरेक जातिको मौलिकता झल्कने प्रदर्शनी स्टल एवं मौलिक सांस्कृतिक प्रस्तुति साथै कार्यक्रममा आआफ्नो समाजमा योगदान पुर्याउने महासंघमा आवद्ध जातिय समाजको सिफारिसमा हरेक समाज बाट एक जना महिला र एक जना पुरुषलाई सम्मान गरिने छ ।बिगत वर्षहरुमा जस्तै यो वर्ष पनि मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना हुने महासंघकि अध्यक्ष विजय लक्ष्मी राईले बताईन ।प्रवासी कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा एक्स्पो २०२० मा नेपाल पेवेलियनका आयोजक आई ई जी ग्रुपले एक्स्पो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानाकारी आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए ।सोही कार्यक्रममा कोभिड-१९ विश्व महामारीको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्धारका निम्ति स्थानिय प्रशासनसंग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटने स्वयंसेवकहरुलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बुले जानकारि दिए ।विश्व आदिवासी दिवस ९ अगष्टमा मनाईने भए पनि प्रवासमा सबैको अनुकुलतामा नेपाल आदिवासी जनजाती महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको थियो। तर कोभिड – १९ को महामारीका कारण दुई वर्षको अन्तरालमा यो वर्ष २८ औँ अन्तराष्ट्रीय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #आदिवासी जनजाति महासंघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न