गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पुर्वाधार तयार गरेर संघको नेतृत्व चयन प्रत्यक्ष मतदानबाट : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए पुर्वाधार तयार गरेर संघको नेतृत्व चयन प्रत्यक्ष मतदानबाट : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए दीप संञ्चार असोज ३, २०७९ गते १५:३२ मा प्रकाशित गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा. हेम राज शर्माले पुर्वाधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् ।डा. शर्माले नेपाली प्रवासी मंच अन्तराष्ट्रिय समितिले आइतवार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफु शुरु देखीनै साधारण सदस्यहरुबाटै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको बताए ।उनले सन् २०२३ मा संघको नेतृत्वको लागि निर्वाचन गर्न नसके संस्थानै विघठन हुने बताए ।पूर्वाधार र क्षेत्रीय सन्तुलनका आधार तयार गरे पछि प्रत्यक्ष साधारण सदस्यहरुले नेतृत्व चयन गर्ने गरि मतदान गर्न सकिने बताए । तीनवटा अध्यक्ष बनाए पछि मुखै देखाउन नसक्ने अबस्था आएको बताए । अहिलेकै विधानमा न्यूनत सहमति गरेर अघि बढ्न आग्रह गरे ।संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निमार्ण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे ।उनले अहिले संघभित्र तीन जना अध्यक्ष हुदाँ समाजमा मुख देखाउन समेत नसकिने अवस्था रहेको बताउँदै वर्तमान विधानमा न्यूनतम सहमति गरेर निर्वाचनकोे सुनिश्चितता गर्न आग्रह गरे ।उनले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसाँ राखेर दिने विकृतिको अन्त्य गर्नु पर्नेमा जोड दिए ।संघको उपाध्यक्ष समेत रहेका शर्माले संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताए ।‘अबको एनआरएनए – हाम्रो भूमिका विषयक’ कार्यक्रममा बोल्ने बक्ताहरुले संघको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप बढेको, आर्थिक चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । संघका केन्द्रीय उपमहासचिव रामशरण सिमखडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मंचका अन्तराष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ लगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीले आआफ्नो भनाईहरु राखेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA, #गैरआवासीय नेपाली संघ एनआरएनए तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा