Techie IT
×
गृहपृष्ठग्लोबलगल्फबनभोज तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्दै गण्डकी प्रदेस

बनभोज तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्दै गण्डकी प्रदेस


दोहा : विजया दशमी लगायत विभिन्न चाडहरूको अवसरमा गण्डकी प्रदेस समन्वय परिषद कतारको समन्वय एवं मातहतमा रहेका जिल्ला संस्थाहरुको संयूक्त आयोजनामा आगामी ७ अक्टोबर शुक्रबार कतार स्थित अलदोसरी पार्कमा बनभोज तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सहयोगापेक्षी मानविय सेवाको सहयोगार्थ विजया दशमी दशैं, शुभ दिपावली, नेपाल संम्वत र छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान साथमा बृहत बनभोज एवंम बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको परिषदमा अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिएका हुन।

श्रेष्ठले थपे, “नेपाली मौलिक भाषा, संस्कार संस्कृती, रितीरिवाज, परम्परालाई प्रवासबाट भएपनि संरक्षण गर्दै आउँदो नयाँ पिडीमा हस्तान्तरण गर्नु आजको आवस्यकता रहेको महशुस गर्दै सहाँनिया स्थित शुन्दर अलदोसरी पार्कमा आयोजाना गरेका हौं ।”

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति स्वरुप कौडा, घाटु, धिमे, पन्च्चेबाजा, भजन, लोक दोहोरी लगायत विभिन्न मौलीक नृत्य तथा गायनहरुको एकै स्टेजमा जोडदारी प्रस्तुती रहने र कतारको सन्धर्वमा एउटा विशेष र फरक खालको कार्यक्रम गर्न लागीरहेको अध्यक्ष श्रेष्ठको कथन रहेको छ ।

नेपाली नियोग कतारबाट प्रमुख आथित्यमा हुन गैरहेको कार्यक्रममा कतारमा स्थापित जिल्ला स्तरिय संस्थाहरु, प्रदेश गत, बुद्धिजिवि तथा सामाजिक व्यक्तित्व, ब्यवसायी, पत्रकार तथा सामाजीक अभियान्ता साथै कतारमा रहनुहुने सम्पुर्ण गण्डकी तथा गैर गण्डकी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाउनको लागी सादर अनुरोध गरिएको गण्डकी प्रदेस समन्वय परिषद कतारले जनाएको छ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस