Techie IT
×
गृहपृष्ठसमाचारप्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा


प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन एमालेबाट समानुपातिक सांसद बन्ने भएका छन् । व्यवसायी भट्टचनलाई एमालेले समानुपातिकको बन्द सूचीमा राखेको छ र उनी जनजाति तर्फको पहिलो नम्बरमा रहेका छन् ।

काँग्रेस पृष्ठभूमिका भट्टचनले काँग्रेसबाटै सांसद बन्ने आश गरेका थिए । तर काँग्रेसले जनजाति तर्फको तेश्रो नम्बरमा मात्रै नाम राखेपछि उनी रुष्ट बनेका थिए ।

एमालेले उनलाई जनजाति तर्फको पहिलो नम्बरमा सिफारिस गरेपछि उनी सांसद बन्ने पक्का भएको हो । उनलाई एमाले प्रवेश गराउन प्रभु बैंकका सिईओ अशोक शेरचनको बिशेष भूमिका रहेको बताइन्छ ।

बाग्लुङका भट्टचनलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिन्छ । उनले जिल्लाबाट प्रत्यक्ष निर्वाचन लड्न पनि तयार रहेको र समानुपातिक सूचीमा राख्दा सांसद हुने सुनिश्चिता खोजेका थिए । काँग्रेसले सांसद बनाउने गरि समानुपातिक सूचिमा नराखेपछि उनले एमाले रोजेको बताइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देवीप्रकाश भट्टचन

तपाईको प्रतिक्रिया दिनुहोस