Techie IT
×
गृहपृष्ठग्लोबल‘एनआरएनए डे’ मा विविध कार्यक्रमको आयोजना, प्रधानमन्त्री देउवाले उदघाटन गर्ने

‘एनआरएनए डे’ मा विविध कार्यक्रमको आयोजना, प्रधानमन्त्री देउवाले उदघाटन गर्ने


। गैरआवासीय नेपाली संघ एनआरएनए स्थापना भएको २० वर्ष पूरा भएको छ । सन २००३ मा डा। उपेन्द्र महतोको नेतृत्वमा संघ जन्मिएको हो । संघले हरेक वर्ष ११ अक्टोबरलाई गैरआवासीय नेपाली दिवस ‘एनआरएनए डे’ का रुपमा मनाउँदै आउने गरेको छ ।

एनआरएनएको स्थापना दिवस मंगलबार र बुधवार विविध कार्यक्रमको आयोजना गरि मनाइँदैछ । एनआरएनए डे को अवसरमा मंगलबार बिहान ७ बजे स्वयंम्भु र पशुपतिनाथमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बिहान ११ बजेदेखि होटल याक एण्ड यतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम दिउँसो २ बजेसम्म आयोजना हुनेछ ।

त्यस्तैगरि, एनआरएनए डे को अवसरमा औपचारिक कार्यक्रम दिउँसो १ बजे देखि याक एण्ड यतिमै शूरु हुनेछ । समारोहको उदघाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नु हुनेछ । समारोहमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गर्नु हुनेछ ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री गोविन्द बन्दी, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री शेर बहादुर कुँवर,कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजबादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागी लगायत नेपाल सरकारका उच्चपदाधिकारी तथा सचिवहरुको उपस्थिति रहनेछ ।

गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभा भने सोमबारदेखि सुरु भएको छ । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा सोमवारबाट साधारण सभा सुरु भएको हो । सोमबार विहान वालुवाटारस्थित सचिवालयमा अध्यक्षत्रय कुल आचार्य,रवीना थापा र डा। बद्री केसीले संघको झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरे।

साधारणसभामा संघका महासचिव डा। केशव पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु लोक दाहाल्,सुनिल शाह र फडिन्द्र पन्तले आर्थिक प्रतिवेदन पेस गर्ने तालिका रहेको छ भने संघको विधान समितिका संयोजक उपाध्यक्ष डा। हेम राज शर्माले विधान प्रतिवेदन पेश गरेका छन ।
प्रत्येक वर्ष वार्षिकत्सवसँगै वार्षिक साधारण सभा पनि एकैपटक गरिन्छ । बुधवार कार्यक्रमको समापन समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने संघले जनाएको छ। संघले विभिन्न शीर्षकमा पटक(पटक कार्यक्रम गर्दै आइरहेको छ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस