गृहपृष्ठ ∕ समाचार ∕ विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ? विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ? दीप संञ्चार कात्तिक १३, २०७९ गते १९:५३ मा प्रकाशित आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ जहाज भारतको नयाँ दिल्लीका लागि उड्ने तरखरमा थियो । धमाधम ‘बोर्डिङ’ पास भइरहेको थियो । ७३ जना यात्रु बोर्डिङ पास लिइ सुरक्षा जाँचमा गइसकेका थिए ।तर, विमानस्थलका कर्मचारी आएर ‘बोर्डिङ’ पास रोक्न भनेसी चेक-इन काउन्टरले तत्काल बोर्डिङ पास रोक्यो । एयरलाइन्सका कर्मचारीले बोर्डिङ पास भएका र हुन बाँकी रहेकालाई केहि समय रोक्न आग्रह गर्यो । सो उडानमा २५४ जना दिल्ली जाँदै थिए । तर, केहि समयपछि एयरलाइन्सका कर्मचारीले यात्रुहरुलाई उडान रोकिएको जानकारी दिए ।बोर्डिङ पास लिइसकेका यात्रुले विमानस्थलमा केहीबेर नाराबाजीसमेत गरेका थिए । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाण्डौबाट हुने उडान कटौती गरेको छ । उडान तालिका भएको दिनमात्र उडान हुनुपर्ने ठाकुरले बताए ।हाल नेपाल वायुसेवा निगमले काठमाडौं–नयाँ दिल्ली दैनिक दुई उडान गर्दै आइरहेको छ। सातामा १४ उडान गरिरहेको निगमका हाल प्राधिकरणले चार वटा उडान कटौती गरिदिएको छ।जनतापाटीक्याटेगोरी : समाचारट्याग : #breaking, #नेपाल एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा