गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा रहेका नेपालीहरुलाई राजनीतिक बाहेक सामाजिक, संस्कृतिक तथा आर्थिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
उनले विदेशमा काम गरिरहेका नेपाली नागरिकहरुलाई मताधिकार दिलाउन सरकारले तयारी गरि रहेको बताए । उनले अर्को चुनावसम्म कम्तिमा समानुपातिकमा मात्रै भए पनि मतदान गर्न यवस्था मिलाइने आश्वासन दिए ।
नेपाली कांग्रेसको प्रचार प्रसार विभागद्वारा पार्टीको भ्रातृ संस्था, नेपाली जनसम्पर्क समितिका संसार भरिरहेका पदाधिकारीहरुको भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधान मंत्री देउवाले विभिन्न देशमा बस्ने नेपालीहरुलाई सकभर नेपाल आउन, नभए आफ्नो परिवार, नातागोतालाई फोन गरेर रुख चिन्ह वा गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्न भन्नुका साथै विश्वभर अभियान चलाउन आग्रह पनि गरे । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु नीतिगत सुधार गर्ने पक्षमा रहेको बताए ।
मुलुक अहिले दैनिक १५ घण्टा लोडशेडिंग हुने अवस्थाबाट बिजुली निर्यात गर्ने अवस्थामा पुगेको र ३० वर्ष पहिले एउटा मेडिकल कलेज रहेकोमा अहिले देश भरि २० ओट मेडिकल कलेज रहेको उनले बताए । ‘हरेक पांच वर्षमा हुने आवधिक चुनावले लोकतन्त्रलाई बलियो बनाउँछ । नेपाली कांग्रेसलाई विजयी बनाउन प्रतिबद्धतापूर्वक लाग्न अनुरोध गर्दछु,’ देउवाले भने ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुक भित्र वर्तमान संविधान र लोकतन्त्रका पक्षधर तथा संविधान विरोधी तथा राजावादीहरुको बिचमा जनताले छनोट गर्नु पर्ने बताए । उनले ’नो नट अगेन’ भनेर अभियान चलाई रहेकाहरुले प्रतिगामीहरुकै पक्षपोषण गरिरहेको दावी पनि गरे ।
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आफ्नो पार्टीले स्पष्ट भिजन सहित घोषणापत्र सार्वजनिक गरेको जनाए । घोषणापत्र नेपाली जनताको आकांक्षा लाई सम्बोधन गर्ने किसिमले तयार गरिएको तर यथार्थमा आधारित रहेको उनले बताए ।
नेपाली कांग्रेसको प्रचार प्रसार विभागका संयोजक तथा प्रवक्ता डा प्रकाश शरण महतले ओली सरकारको पालामा विदेश नीतिमा अस्थिरता देखिएको र कोभिड महामारी संग जुध्न सरकार असफल भएको भन्दै देउवा सरकार बन्ने बित्तिकै ९५ प्रतिशत जनताले खोप पाएको र जनजीवन सहज भएको दावी गरे । अहिले पनि संविधान विरोधी प्रवृत्ति कायमै छ ।
तर हामी यो संविधान भत्काउने हैन, संविधानलाई संशोधन गर्दै अगाडी जाने छौं,’ उनले भने । कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमितिका संयोजक किरण पौडेलको सभापतित्वमा आयोजित अन्तरक्रियामा विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारीहरु तथा गैर आवासीय नेपाली संघका पदाधिकारीहरुले आफ्नो विचार राखेका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस, #शेरबहादुर देउवा
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस