Techie IT
×
गृहपृष्ठसमाचारआज रातिदेखि मदिरा बिक्रीवितरण र सेवन गर्न निषेध

आज रातिदेखि मदिरा बिक्रीवितरण र सेवन गर्न निषेध


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज आइतवार रातिदेखि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जारी गरेको सूचनामा आइतवार राति १२ बजेदेखि प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिरा निषेध गरिएको उल्लेख छ ।

सूचनाको अवज्ञा हुने कार्य गरेरगराएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस