Techie IT
×
गृहपृष्ठराजनीतिप्रत्यक्ष चुनावमा पहिलो प्रयास : यसरी बनाउँदैछन् विनोद चौधरीले चुनावी माहोल !

प्रत्यक्ष चुनावमा पहिलो प्रयास : यसरी बनाउँदैछन् विनोद चौधरीले चुनावी माहोल !


नेपालका डलर अर्बपति धनाढ्य विनोद चौधरी यसपटक समानुपातिक सांसद बन्ने सजिलो बाटो छाडेर प्रत्यक्ष चुनाव लड्दैछन् ।

मंसिर– ४ गते हुने चुनावमा प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार चौधरी बिहानदेखि साँझ अबेरसम्म मतदाताकोमा पुगिरहेका छन् । किसानका कुरा सुनिरहेका छन्, र आफूले यो क्षेत्रको विकासका लागि केही गर्न खोजेको बताइरहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका चौधरी सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम– १ का साझा उम्मेदवार हुन् । घरदैलोमा पुगेका चौधरीलाई मतदाताले आफ्नो क्षेत्रका समस्या सुनाइरहेका छन् । मञ्चमा भाषणभन्दा पनि जनताका समस्याका कुरा उनले सुनिरहेका छन् ।

चौधरीको उम्मेदवारीले पश्चिम नवलपरासीको चुनावी माहोलमा रौनक थपिरहेको छ ।

२०७० सालको संविधानसभालाई अपवाद मान्दा यो क्षेत्रबाट हाल जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका हृदयेश त्रिपाठीले चुनाव जितिरहेका छन् ।

सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी एमालेले फिर्ता गरेपछि यसपटक पनि चौधरीसँग त्रिपाठीको प्रतिस्पर्धा हुँदैछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस