Techie IT
×
गृहपृष्ठसमाचारनेफिन युएईले तामाङ समाजको आवद्धताको विवादलाई टुङ्यायो

नेफिन युएईले तामाङ समाजको आवद्धताको विवादलाई टुङ्यायो


संघ यूएई आवद्ध युएईमा कृयाशिल जातिय संस्थाहरु मध्ये तामाङ समाजमा केही समय देखि देखिएको विवाद तथा नेफिन युएईमा आवद्धताको विषयमा कुन पक्ष वैधानिक हुने भन्ने विषयमा उठेको विवादलाई आवद्ध जातिय संस्थाका प्रमुखहरु, प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र तामाङ समाजका दुबैपक्षका प्रतिनिधि सहितको भर्चुअल बैठक मार्फत निष्कर्षमा पुर्‍याएको एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

नेफिन युएईका कार्यवाक अध्यक्ष निमा शेर्पा, महासचिव रन्जन भुजेल सहित महासंघमा आवद्ध जातिय संस्थाका अध्यक्षहरु द्वारा संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा आदिवासी जनजाति महासंघ यूएईमा आबद्ध तामाङ समाज यूएईको महाधिबेशनको बिषयलाई लिएर भएको आन्तरिक विवाद उत्कर्शमा पुगी नेपाल आदिवासी जनजाति महासंघ यूएईमा आधिकारीक आबद्धताको लागि समेत अन्यौलको स्थिती उत्पन्न भए पश्चात त्यसको निराकरणको निमित्त नेपाल आदिवासी जनजाति महासंघ यूएईले महासंघमा आबद्ध जातीय संस्थाका प्रमुखहरू, महासंघका संरक्षकहरू र तामाङ समाज यूएईका दुबै पक्षका प्रतिनिधिहरू (केन्द्रिय अध्यक्ष सनिल घिसिङ र नव गठित तामाङ समाज यूएईका केन्द्रिय महासचिब नविन दोङ) समेतको सहभागितामा मिति ०२ जनवरी २०२३ मा जुम भर्चुअल बैठक सम्पन्न गरि आवद्धताको विवादलालाई टुङोमा पुर्‍याएकोछ  ।

नेपाल आदिवासी जनजाति महासंघ यूएईको स्थापना काल देखि नै आबद्ध र संस्थापक जातीय संस्थाहरू मध्यको एक तामाङ समाज यूएईको प्रतिनिधित्व गर्दै आईरहनु भएका तामाङ समाज यूएईका केन्द्रिय अध्यक्ष सनिल घिसिङ र नव गठित कार्यसमितिको तर्फबाट महासचिव नविन दोङले तामाङ समाज यूएईको बर्तमान अबस्था, नेपाल आदिवासी जनजाति महासंघ यूएई संगको आबद्धता, तामाङ समाज यूएईको बिधान सम्बन्धि आफ्ना भनाईहरू राख्नुभएको थियो । यसै गरि नेपाल आदिवासी जनजाति महासंघ यूएईका पदाधिकारी तथा सदस्यहरू, जातीय संस्थाका प्रमुखहरू र संरक्षक समितिका सदस्यहरूले पनि तामाङ समाज यूएईको बर्तमान अवस्थाबारे चिन्ता ब्यक्त गर्दै सबै पक्षलाई मिलेर एकताबद्ध भई अगाडी बढ्नको लागि आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संस्थागत काम गर्दै जाने सिलसिलामा केहि समस्या, केहि विवाद र केहि असहज परिस्थितीहरुको सामना गर्नु पर्ने एउटा निरन्तर प्रकृया नै हो, तर आन्तरिक विवाद उत्पन्न हुँदा त्यसको सकारात्मक समाधान खोजिनुको सट्टा समुहगत रुपमा विभाजित हुँदै संस्था फुटाउने र समानान्तर संस्था खोल्ने कार्य आफैमा उचित होईन भन्ने कुरामा महासंघ, आवद्ध जातीय संस्थाका प्रमुखहरूको निर्ष्कष, तामाङ समाज यूएईको केन्द्रिय कार्यसमितिले बिधान बमोजिम “२ बर्ष कार्य अबधि पुरा भएर पनि सम्मेलन, अधिबेशन, महाधिबेशन गर्न नसके १ बर्ष म्याद थपि सम्बन्धित कार्य समितिले कार्य संचालन गर्ने सक्ने छ ।”

भन्ने प्रावधानरअधिकारको प्रयोग गरी बहुमत सदस्यहरूको निर्णयबाट त्यस कार्यसमितिले १ बर्ष थप गरेको बैधानिक देखिएको र विगतमा आएको यस्तै विवाद प्रती नेपाल आदिवासी जनजाति महासंघ यूएईले स्थापित गरेको नजिरको आधारमा पनि सनिल घिसिङको नेतृत्वमा रहेको तामाङ समाज यूएई केन्द्रिय कार्यसमिति नै नेपाल आदिवासी जनजाति महासंघ यूएईमा आबद्ध रहेको तामाङ संस्था हो भन्ने सर्वसम्मत निर्णय भएको हुँदा सोही अनुसार गर्न गराउन सबैमा सादर अनुरोध सहित जानाकारी गराउद छौ विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस