राम्रो देखिन महिलालाई मात्र नभइ पुरुषलाई पनि मन लाग्ने बिषय हो । पुरुष पनि महिला जस्तै सुन्दर र स्टाइलिश देखिन चाहान्छ । त्यसैले आजकल पुरुष फेशियलदेखि वाक्सिङसम्म गर्दछन् ।
आवश्यक परेमा मेकअप पनि गर्न थालेका छन् । तर यसकालागि फेसनको सही ज्ञान हुन आवश्यक छ । त्यसैले पुरुषले सुन्दर बन्न अपनाउन सक्ने यि टिप्स बारे जानौँ –
– स्टाइलिस बन्न आफ्नो बडी शेप अनुसार कपडा लगाउन आवश्यक हुन्छ । अर्थात आफुलाई सुहाउँदो कपडा छान्नु पर्दछ ।
क- यदि शरीरको माथिल्लो भाग चौडा छ, कम्मर र हिप माथिल्लो भागभन्दा सानो छ भने यस्तो शरीर हुने पुरुषले हिप एरियालाई पकेट वा बेल्टले डिटेलिङ दिन सक्छन् । साथै, भी नेक टिसर्ट पनि राम्रो विकल्प हुनसक्छ ।
ख-यदि काँध र कम्मरको चौडा बराबर छ भने यस्ता पुरुषले काँधलाई चौडा र कम्मर र हिप्सलाई थोरै साँघुरो देखाउने पहिरन लगाउनु पर्दछ । यो शारीरिक रुपमा त सम्भव छैन तर केही कट्स र टाइप्सका कारण तपाईं यस्तो गर्न सकिन्छ ।
ग- काँध सानो, मध्य ओभल र खुट्टा स्लिम छ भने यस्ता पुरुषले शरीरलाई लामो देखाएर आफूलाई स्लिम लुक दिनुपर्छ ।
– धेरैलाई थाहा नहोला तर महिलालाई भन्दा पुरुषलाई मेकअपको बढि आवश्यकता पर्दछ । शरीरको छाला र लुकलाई उत्कृष्ट बनाउनकालागि स्पा, बडि मसाज, मेनिक्योर र पेडिक्योर पनि गर्नु पर्दछ ।
– अहिले पुरुषले लगाउने ट्रेडी ब्रासलेट चर्चित छ । बजारमा उपलब्ध लेदर कफदेखि वुडन बीड्ससम्म पुरुषका लागि विभिन्न ब्रासलेट पाइन्छ । मेटल ब्रासलेट, नोटिकल ब्रासलेट तथा बिडेड ब्रासलेट पनि राम्रा विकल्प हुन् ।
– पुरुष राम्रो देखिन हेयरकट राम्रो हुन आवश्यक छ । साथै पुरुषले कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेषगरी चायाँ र कपाल झर्ने समस्यालाई हुन दिनु हुदैँन ।
– भनाई नै छ, पुरुषको पहिचान गर्ने भए उसको जुत्ताबाट गर्न सकिन्छ । त्यसैले पुरुषले आफ्नो जुत्ता आफ्नो इच्छाले नभइ कार्यक्रम अनुसार र मौसम अनुसार छनोट गर्नुपर्दछ । विभिन्न एजेन्सीको सहयोगमा
क्याटेगोरी : अन्य