Techie IT
×
गृहपृष्ठसमाचारनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्ती

नेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्ती


सन २०२२ मा रिलिज भएको आलिया भट अभिनित चलचित्र गङ्गुबाइ काथिआवाडी हेरे पछि बचपनमा सुनेका केही कहालीलाग्दो यथार्थ घटनाहरुको स्मरण आयो। आजको अवस्थाको नेपाल र आधुनिकता अनि स्वतन्त्रता लाई यौन सग जोडेर परिभाषित गर्ने सथै केही ब्यवहारिक रुपमा देखाइने घटनाको पनि चर्चा गर्न मन लाग्यो।

म यहाँबाट सुरु गर्न चाहान्छु कि यो कुनै मेल चौभिनिज्म या फिमेल डोमिनेसनको धारबाट लेख्न खोजिएको आलेख हैन। किनकी जे को चर्चा यहाँ गर्दैछौ त्यस्ले महिला पुरुष या तेस्रो लिङ्गी समग्रलाइ जोड्छ नै तर करिब बिश्वभरमा गरिने बेश्यावृत्तिमा ८५ प्रतिशत सहभागिता महिलाको भएको तथ्यांक अनुसार महिला केन्द्रित नै भएर यो लेख अघि बढाउदै छु।

बिगतमा कोठिहरुमा महिला बेचिने तितो घटनाहरु हाल पनि छन तर तुलनात्मक रुपमा धेरै कम किनकी हालको जमानामा बेश्यावृत्ती सहज छ जुन सहजीकरणमा सामाजिक संजालहरुको प्रमुख हात छ। यौन सुख प्राप्तिको लागि बेश्यालय या कोठी नै चहार्नु पर्ने बाध्यता आज नभएको अवस्थामा यो पेशाको पनि ढाचा बदलिदो छ।

सम्भवतः बिश्वको पहिलो पेशा नै बेश्यावृत्ती हो र बेश्यावृत्तीको परिभाषा ले भन्छ, आर्थोपार्जन गर्न यौनिक क्रियाकलापमा संलग्न हुनु। अझ शारिरिक रुपमा नै यौन सुख दिई आम्दानी गर्नु। पहिले हामी यो परिभाषालाई हेरौ, यदि बेश्यावृत्ती शारिरिक यौनिक सुख मात्र हो भने अवश्य दुई या सो बढि ब्याक्तिको संलग्नता आवश्यक छ तर यौनिक क्रियाकलापमा संलग्न हुने अङ्ग हरुको प्रयोग या शारिरिक कुनै अङ्गहरुको प्रयोग यौनिक आनन्दको लागि प्रयोग गरि अन्ततोगत्वा आम्दानी केन्द्रित रहिन्छ भने त्यो पनि त बेश्यावृत्ती हो नि, हैन ररु

हामी बिश्वको कुरा नगरौ, किनकी कानुनी रुपले नै यौन पेशालाइ खुल्लागराइ, यौन पर्यटन राख्ने ब्राजिल, थाइल्यान्ड , केन्या लगायत युरोपका कैयन देश छन। अझ बिश्वबजारमा बिलियन डलरको पोर्न इन्डस्ट्री पनि छ।
हामी आधुनिकता भन्दै इन्टरनेटको जमानामा सो भित्र र सो मात्र संसार बनाउदै बढिरहेको बेला, बेश्यवृत्ती पनि अनलाइन नै फस्टाएको छ।

अनलाइन गफगाफ गरि, मूल्य निर्धारण गरि यौनिक क्रीया गरिने बेश्यावृत्ती त सामन्य नै हो तर अहिले यसका विभिन्न शाखाहरु झै अनलाइन बेश्यावृत्ती फस्टाएको छ। मेरो आलेखको उदेश्य यो सहि या गलत भन्ने कदापी हैन, त्यो नितान्त ब्याक्ती पछिका सोच हुन तर नेपालमा जब सम्म पक्राउ परिन्न त्यो कानुनी नै हो। गैरकानुनी मानिएको बेश्यावृत्ती नेपालमा छरपस्ट छन।

बिगतमा केही ठुला सहरहरुमा खोलिएका क्याबिन रेस्टुरेन्ट हरु एक फेसन नै थिए जुन अहिले धेरै कम छन भने त्यस्तै डान्स बारहरु , नग्न पानी नृत्य गराउने हरुको ज्यादा चल्थियो। सम्पर्कमा होटलका कोठाहरुमा युवती बोलाउने त धेरै पहिले देखि चली आएको ब्यवसाय हो जुन हाल पनि छ नै।

ओन्लि फ्यान हरुबाट मनग्य आम्दानी गरेका युवा युवतिहरुको कथा पढ्दा नेपालमा पनि अहिले फेसबुक, टिकटक, इन्स्टाग्राम, भिबो आदि बाट बेश्यावृत्ती हुने गरेको मनग्य उदाहरणहरु मैले भेटे। केही नाम दिएर, मेसेन्जर, टेलिग्राम, फेसबुक , टिकटक आदिमा ग्रुप बनाउने र त्यहा केटिहरुको बिवरण अनि मूल्य हाल्ने गरिन्छ। ती युवतिहरुले आफुलाइ नग्न बनाइ, उनको उमेर, शारिरिक बनावट र अभिनय गर्ने कला अनुसार रु २०० देखि २००० सम्म रकम लिदै भिडियो कल गरि यौनाङ्ग प्रदर्शन गर्ने र मास्टरबेट गर्ने गर्दा रहेछन । नेपाली ठेट भाषामा यो बेश्यावृत्ती हैन तरु सो लाइभ हेर्ने या च्याट गर्नेले यौनिक सुख केही रकम तिरेर पाउछ र सो देखाए बापत ती युवतिले केही आर्जन गर्छिन , यो पनि त परिभाषा भित्र नै त पर्छ नि। अझ कति त केही रकम मोबाइलमा रिचार्ज गराएर आफुलाइ नग्न रुपमा देखाउछन, यो पनि ब्यवसाय नै त भयो।

धेरै टेलिग्राम ग्रुपहरु नेपालमा चर्चित छन जस्मा लिङ्कबाट जोडिन सकिन्छ र त्यस्को संचालक सग होटल, युवती आदिहरुको सम्पर्क नम्बर हुन्छ र सोही बाट रकम निर्धारण गरि युवतिहरुको फोटो भिडियो हेरि, छानेर संसर्गको लागि मिलाउने ब्यवस्था हुन्छ। यस्ता संजालहरुले आधुनिक बेश्यावृत्तिमा सहजीकरण गरि रहेका छन।

कति ग्रुपहरु त केही रकम तिरे पछि मात्र जोडिन मिल्ने छ जस्को उदेश्य नितान्त सेक्सुअल कन्टेन्टको प्रमोसन गर्नु मात्र हो। टिकटक, रिल्स आदिहरुमा अभिनयको नाम दिएर निहुरिएर, उफ्रीएर, पातलो कपडा लगाएर या कुनै बाहानामा यौनाङ्ग जानी जानी देखाउने अनि भाइरल हुने त अहिले फेसन नै भएको छ। यस्लाइ हाम्रो समाज यौन जन्य कुरामा खुलेको भनेर भन्ने पंक्ति पनि छ । तर यो भाइरल पैसामा नै गएर टुङ्गिन्छ विभिन्न नषतक आदिको रुपमा। अझ सामाजिक संजालहरुमा निजि अनि ब्याक्तिगत मसाज, केटिका लागि मात्र, चरम सन्तुष्टि केटिका लागि मात्र आदि जस्ता आइडी बनाइ ब्यवसाय गर्ने पुरुष बेश्याहरुको पनि संख्या बढ्दो नै छ।

हाम्रो समाजमा यौन र बेश्यावृत्तिको कुरा गर्ने बित्तिकै महिला दिमागमा आउने बिगत देखिको अवस्था हाल पनि सोही छ यसको अर्थ पुरुष बेश्या छैनन हैन तर तुलनात्मक रुपमा महिला प्रती नै आकर्षण ज्यादा हुने र महिला भन्दा बढी पुरुष यो मामलामा खुलेर बोल्न सक्ने या प्रश्तुतु हुन सक्ने कारणले पनि होला आधुनिक बेश्यावृत्तिमा पनि महिलाकै जगजग बढी छ।

नेपाली कानुन अनुसार गैरकानुनी मानिएको बेश्यावृत्ती इन्टरनेटको कारण अनलाइन बेश्यावृत्तीमा परिवर्तित हुँदै अहिले कानुनी नै झै देखिएको यथार्थ नकार्न भने सकिन्न।


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस