समयमै सुतौँ, निन्द्रा नपुग्दा यस्ता समस्या आउँछन्

हरेक प्राणीलाई आराम आवश्यक हुन्छ । मानिसले दिनभरीको थकानबाट आराम पाउने एकमात्र विकल्प हो निन्द्रा ।
निन्द्रा शरीरका आराम गर्न मात्र नभई शरीरलाई थप उर्जावान् बनाउन पनि आवश्यक हुन्छ ।
एक स्वस्थ्य वयस्क मानिसले दैनिक ७र८ घण्टा निदाउन आवश्यक हुन्छ । तर व्यस्त जीवनशैली र अबेरसम्म जागा रहने मानिस प्रर्याप्त निदाउन पाउँदैनन् । अझ इन्टरनेट, मोबाइल, टिभी लगायतका क्षेत्रमा काम गर्ने वा यसको अधिकतम उपयोग गर्ने मानिसमा समेत निन्द्रामा समस्या हुने गर्दछ ।
निन्द्रा पुरा नहुदाँ हाम्रो शरीरलाई ठूलो असर पर्दछ । निन्द्रा नपुगेकै कारणले हामीलाई विभिन्न रोग लाग्ने संभावना समेत हुन्छ ।
क्यान्सर
कम सुत्ने मानिसहरुको शरीरमा असर गर्ने विभिन्न राडिकलको मात्रा बढ्ने गर्छ । यसले क्यान्सर लाग्न मद्दत गर्छ ।
मधुमेह
राति कम सुत्ने मानिसलाई बाहिरको खाना बढी खान मन लाग्छ । बाहिरको खानामा ग्लुकोजको मात्रा बढी हुने भएकाले यसले मधुमेह लाग्ने सम्भावना प्रवल हुन्छ ।
हृदयघात
राति पूरा निन्द्रा नपुर्याउँदा उच्च रक्तचापको सम्भावना हुन्छ । यसले हृदयघात र स्ट्रोकको सम्भावना बढाउने गर्दछ ।
अलजाइमर
निन्द्राले मानिसको मस्तिष्क ताजा पार्दछ । दिनभरको कामको चापले मस्तिष्कको थकान हुन्छ । यसलाई रातको निन्द्राले कम पार्दछ । तर, निन्द्रा नपुगेमा बिहान उठ्दा मस्तिष्क अशान्त हुने र भुल्ने रोगको सम्भावना हुनसक्छ ।
डण्डीफोर
अनिधोको कारण हाम्रो छालामा रहेका हर्मोन असन्तुलित रुपमा काम गर्छ । यसले गर्दा डण्डीफोर देखा पर्ने गर्छ । यस अलावा आँखाको मुनी डार्क सर्कल समेत बढ्ने गर्दछ।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस