सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।
‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ ।
सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ । ब्राह्मणाका लागि ‘गोत्र’ विशेष रूपमा महत्वपूर्ण हुन्छ । किनकी ब्राह्मणहरु ऋषिका सन्तान मानिन्छन् । जसअनुसार प्रत्येक ब्राह्मणको सम्बन्ध ऋषिकूलसँग हुन्छ ।
प्राचीन कालमा चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु । ति ऋषि हुन्, अंगिरा, कश्यप, वशिष्ठ र भगु । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए । व्यावहारिक रूपमा ‘गोत्र’ को आशय पहिचानसँग जोडिएको हुन्छ । जो ब्राह्मणहरुका लागि उनीहरुको ऋषिकुलसँग सम्बन्धित हुन्छ ।
कालान्तरमा जब वर्ण व्यवस्थाले जाति–व्यवस्थाको रूप लियो त्यसपछि यो पहिचान स्थान तथा कर्मसँग पनि सम्बन्धित हुन पुग्यो । यही कारणको हो कि ब्राह्मणका अलावा अन्य जातिको गोत्र उनीहरुको उद्गम स्थान या कर्मक्षेत्रसँग सम्बन्धित हुन्छ ।
‘गोत्र’ को पछाडिको मूख्य भाव भनेको एकत्रीकरण हो । यद्यपि वर्तमान समयमा आपसी प्रेम र सौहार्दताको कमीका कारण गोत्रको महत्व पनि विस्तारै कम हुँदै गएर केवल कर्मकाण्डी औपचारिकतामा सीमित हुन पुगेको छ ।
गोत्र थाहा नभए के गर्ने ?
ब्राह्मणमध्ये यदि कसैलाई आफ्नो ‘गोत्र’को ज्ञान हुँदैन भने कुनै धार्मिक कर्म गर्दा उनको गोत्र ‘कश्वप’ भनेर उच्चारण गरिन्छ । यस्तो यसकारण हुन्छ कि कश्यप ऋषिका एकभन्दा धेरै विवाह भएका थिए र उनको अनेक पुत्र थिए ।
त्यसैले यदि कुनै ब्राह्मणलाई आफ्नो गोत्रको ज्ञान हुँदैन भने उनलाई ‘कश्यप’ ऋषिकूलको मानिन्छ । त्यसैले उनको गोत्र कश्वप भनेर उच्चार गरिन्छ ।
क्याटेगोरी : धर्म संस्कृति