दोहा- कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौं सम्मेलन मार्च ५ देखी ९ सम्म भैइरहेको छ ।
उक्त सम्मेलनमा भाग लिन
नेपालको प्रतिनीधित्व गर्दै उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल दोहामा रहेको छ । उक्त कार्यक्रममा कतार आएको बेलामा गैरआवासीय नेपाली संघ कतारले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको कार्यदललाई स्वागत कार्यक्रम राख्दै नेपाली समुदायका अनुभव, आफ्ना समस्या र मागहरु राखेको छ ।
नेपाल सरकारको प्रतिनिधित्व गर्दै कतार पुगेका मन्त्री श्रेष्ठसहितको सरकारी टोलि समक्ष एनआरएनए उपाध्यक्ष आरके शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढि रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग गर्नु नै आजको आवश्यकता रहेको बताएका छन । उपाध्यक्ष शर्माले विगत लामो समयदेखि रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा सामुहिक लगानी गर्नका लागि सरकार समक्ष आग्रह गर्दै आएका छन ।
एनआरएनए उपाध्यक्ष शर्माले नेपालमा रेमिट्यान्स भित्रिएको छ भनेर मख्ख मात्र नपर्न आग्रह गर्दै उत्तिकै मात्रामा पैसा बाहिर गइरहेको दावी गरेका छन । उनले भने –‘रेमिट्यान्स भित्रिएको मात्र छैन बाहिर पनि गइरहेको छ ।’
दोहाको होटल क्राउन प्लाजामा भएको ‘भेटघाट तथा स्वागत’ कार्यक्रममा एनआरएनए उपाध्यक्ष शर्माले विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिक लगानीमार्फत जम्मा गर्न सकियो भने वार्षिक ८० अर्व पूँजी संकलन हुने र जुन नेपालको विकास बजेटको २५ प्रतिशत भन्दा धेरै हुने उक्त कार्यक्रममा बताए । उपाध्यक्ष शर्माले भने–‘हाम्रो रेमिट्यान्सको ७०% भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ, अर्कोतर्फ तरकारी, खाद्यान्नदेखि इन्धनसम्म आयात गर्दा फेरि ६० प्रतिशतभन्दा बढि रेमिट्यान्स बाहिर नै गइरहेको छ ।’ उनले उक्त कार्यक्रममा सरकारी पदाधिकारी समक्ष प्रश्न गरेका छन –‘ रेमिट्यान्सको सही सदुपयोग कहिले हुन्छ ?’
विदेशमा रहेका झण्डै ९८ प्रतिशत नेपालीको तन प्रदेशमा रहे पनि मन हरपल नेपाल मैं रहिरहने भएकाले सबैको साझा सपना भनेको सुरक्षित र सम्मानित वैदेशिक रोजगारका साथै रेमिट्यान्स, सीप, ज्ञान तथा अनुभवको लगानी गरेर स्वदेश नै फर्कने रहेको शर्माले बताएका छन् ।
प्राकृतिकरुपमा धनी देशमा नेपालीहरु ‘आफ्नो देशको हिरा छोडेर जीरा खोज्न’ विदेसिनु परेको यथार्थ सुनाउँदै शर्माले भने–‘ हामीसंग झण्डै ४२ हजार मेगावाट बिजुली उत्पादन क्षमता हुनु, विश्वका १० उच्च हिमाल मध्ये ८ हिमाल नेपालमा नै रहनु, बुद्धको जन्म स्थल हुँदा बौद्ध धर्मालम्बीहरूको तीर्थ लुम्बिनी बन्नु, अथाह प्राकृतिक स्रोत हुँदा पनि हामीले विकास गर्न नसक्नु दुर्भाग्य हो ।’
अहिले विश्व क्लिन इनर्जीको पछि लागिरहँदा नेपालले पनि योजनाबद्धढंगबाट लाग्ने हो भने नेपालमा आयात हुने धेरै कुरालाई प्रतिस्थापन गर्न सकिने शर्माको भनाई छ । उनी भन्छन्–‘क्लिन इनर्जीबाट कुकिंग ग्याँसलाई रिप्लेस गर्न सकिन्छ भने त्यसको केही गुणा बढि पेट्रोल अनि डिजल न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि सरकारले आजैबाट काम शुरु गर्नुपर्छ । उपाध्यक्ष शर्माले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि विशेष प्राधिकरण नै निर्माण गरेर दीर्घकालिन योजना बनाउन आग्रह गरेका छन् । ‘रेमिट्यान्सको १० प्रतिशत र सरकारको तर्फबाट प्रोत्साहन रकम हालेर एक लगानी कोषको यथासक्य स्थापना गरी देश विकास अनि वैदेशिक रोजगारको सुरक्षित अवकास योजना ल्याउन आवश्यक छ’ शर्माले सुझाएका छन् ।
शर्माले विदेशबाट मतदान गर्ने प्रावधान, बैदशिक रोजÞगारको बीमा रकमको बृद्धि, गैरआवासीय नागरिकता तथा गोर्खाजका समस्यालाई अविलम्ब सम्बोधन गरिनुपर्ने माग सरकारका उपप्रधानमन्त्री श्रेष्ठ समक्ष राखेका छन् ।
एनआरएनए उपाध्यक्ष शर्माले स्वदेशमा विदेशी लगानी लैजादा धेरै कानूनी अड्न र समस्या भएकाले त्यसलाई हटाएको खण्डमा धेरैभन्दा धेरै लगानी स्वदेशमा लान सकिने शर्माको भनाई छ ।
उक्त कार्यक्रममा एनआरएनए उपाध्यक्ष आरके शर्माले गरेको मन्तव्य जस्ताको तस्तै …
यस गरीमामय कार्यक्रमका सभापति महोदय, एनसीसी कतारका अध्यक्ष श्री मोहम्मद मुक्तादाज्यू, प्रमुख अतिथि समृद्ध नेपाल निर्माणका आशाका केन्द्र माननीय उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठज्यू, प्रधानमन्त्री कार्यालयका सचिव श्री गणेश प्रसाद पांडेज्यू ,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन वहादुर श्रेष्ठज्यू, सदस्य सचिव केवल भंडारीज्यू परराष्ट्र सचिव एवं परराष्ट्रबिद् श्री भरत राज पौड़ेलज्यू, सह सचिव सेवा लाम्सल ज्यू ,युएन न्यूयोर्क स्थायी प्रतिनिधि वाणिज्य सचिव एवं अर्थबिद श्री मधु मरासिनी ज्यू, कतारमा अवस्थित सम्पूर्ण नेपालीका अभिभावक महामहिम डॉक्टर नरेश बिक्रम ढकालज्यू, नेपाल रास्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रज्यू, नेपालबाट पाल्नु भएका सम्पूर्ण मान्यजनज्यूहरु, दूतावास परिवार अनी यो भ्रमणलाई आयोजन गर्ने संयुक्त राष्ट्र संघ, सम्मानित कतार सरकारका प्रतिनिधिज्यूहरु, एनआरएन आईसीसी युवा उपाध्यक्ष श्री राज रेग्मी ज्यू, सचिव प्रबीन गुरुङ्गज्यू, सह कोषधक्ष्य होमनाथ शर्मा ज्यू, डीआरसी केबी हमालज्यू, दोहामा अवस्थित सम्मानित बैचारिक संस्थाका प्रमुखज्यूहरु, पत्रकार मित्र हरू तथा सम्पूर्ण सम्मानित सामाजिक संस्थाका प्रमुखज्यूहरु लगाएत उपस्थित सम्पूर्ण महानुभावहरु
लाई म आईसीसी उपाध्यक्ष एव सम्पूर्ण विश्वमा छरिएर रहेका नेपालीहरुको तर्फबाट हार्दिक नमस्कार । नेपाल र विश्वबाट यस कार्यक्रममा पाल्नु हुने सम्पूर्ण महानुभावहरुलाई दोहामा हृदय देखि हार्दिक स्वागत गर्दै दोहा बसाई सुखमय र फलदायी होस् भन्ने शुभकमाना पनि व्यक्त गर्न चाहन्छु ।, विगत दुई दशक यता नेपालीहरू रोजगारीको खोजीमा विदेशीने क्रम अत्यधिकरूपमा बढिरहेको छ । युवाशक्ति यसरी विदेशिदा नेपालको बिकासमा पनि धक्का पुगिरहेको छ । विदेशमा रहेका सबै नेपालीको तन प्रदेशमा रहे पनि मन भने हरपल नेपालमैं रहेको हुन्छ । हामी सबैको एउटै साझा चासो भनेको सुरक्षित अनी सम्मानित वैदेशिक रोजगारी हो ।हाम्रो एउटै सपना — हामीले पठाएको रिमिटेंसको सहि सदुपयोग होस् । हामी स्वदेशमा फर्केर आफ्नै देशकै लागि हामीले सिकेको ज्ञान र शिपको लगानी गर्न सकौं ।यही अभियानमा हामी एनआरएन एकचित्त भएर लागेको पनि २ दशक भन्दा बढी भैसक्यो । तर, हाम्रै देशले हाम्रा केहि एजेंडाहरू केही हदसम्म सम्बोधन गरेतापानि मूलरूपमा अझै सम्बोधन गर्न सकेको छैन । यस्ले हामीलाई दुःखी त बनाएको छ नै, चिन्तित पनि उत्तिकै बनाएको छ ।हाम्रो केहि स्वार्थ छैन । मात्र एउटै प्रण छ, जुन माटोले हामीलाई जन्मायो, हुर्कायो, बढायो, त्यहि माटोका लागि केहि योगदान गर्न सकौं । हामी जसरी विरानो देशमा भौतारिन बाध्य भयौं, हाम्रा सन्ततिहरुलाई त्यस्तो बाध्यता नआओस् । हामीले काम गर्ने विकसित राष्ट्र जस्तै हाम्रो देशको पनि बिकास होस् । यत्ति त हो हाम्रो चाहना ! यत्ति त हो हाम्रो माग !हामीसंग झंडै ४२ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता बिश्वका १० उच्च हिमाल मध्ये ८ अनीप्रकृति ले सिगारियकों भूभाग। विश्व शान्तिका अग्रदुत गौतमबुद्ध को जन्मस्थल लगायत नेपाल धेरै प्राकृतिक स्रोतको धनी देश हो ।तर, यी सबै स्रोत र साधनको सही सदुपयोग हुन सकेको छैन । त्यसैले, हामी आफ्नो देशमै हीरा उत्पादन हुन सक्ने संभावना हुंदा हुंदै बाध्य भएर जीरा खोज्नका लागि बिदेशिन बाध्य भएका छौं । निर्यात गर्न सक्ने सम्भवाना हुंदा हुंदै आयातमा निर्भर हुंदै गएका छौं । विडम्वना भन्नु पर्दछ, हामीले १० रुपैंयांको निर्यात गर्यौ भने ९० रुपैंयांको आयात गर्दछौं । त्यहि बढ्दो आयातको करीव ६०% हिस्सा धान्ने गरेको छ हामीले पठाएको रेमिट्यान्सले ।
आज विस्वले क्लिन इनर्जीका योजना प्राथमिकता राखी रहदा । हाम्रो दुर्भाग्य भन्नु पर्दछ — हामी भने क्षमता हुंदा हुंदै पनि विद्युत आयात गरेर देशको माग धानीरहेका छौं । योजनाबद्ध तरिकाले लाग्ने हो भने हामले आयात गर्ने मुख्य बस्तुलाई क्लिन इनर्जीले प्रतिस्थापन गरी अर्बौ को अयात कमगर्न सक्दछौं र त्यो संभव पनि छ । झन्डै १,५०० देखि २,००० मेगावाट बिजुलीले कुकिंग ग्यासलाई प्रतिस्थापन गर्न सकिन्छ । यहि परिमाण भन्दा केही गुणा बढि मात्रा ले पेट्रोल र डिजेल प्रयोगलाई न्यूनीकरण गर्न सकिन्छ ।
माननीय उपप्रधानमन्त्रीज्यू लगाएत सम्पूर्ण महानुभावहरुको म यहांनिर ध्यान आकर्षण गराऊँन चाहन्छु । हामिले पठाउदै आएको झण्डै १० खर्व रेमिटेन्सको १०% मात्र सामूहिक कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सकियो भने पनि वार्षिक १ खर्व पूँजी संकलन गर्न सकिन्छ, जून नेपालको विकास बजेट को २५% भन्दा धेरै हुन आउछ ।
मैले आफैले, १,००० भन्दा बढी बैदेशिक रोजगारीमा रहेका कामदारसंग सर्वेक्षण गरेर हेरें अन्य सर्वे पनी अध्ययन गर्दा करीव । ७०% भन्दा धेरै रकम उपभोगमा खर्च हुंदो रहेछ । हाम्रो देशले तरकारी देखि इंधनसम्मको करिव १८ खर्व रुपैंयांको आयात गर्दछ । र, उक्त आयात गर्नको लागि करिव ६०% रकम त्यही हामीले पठाएको रिमिटेंसले धान्ने गरेको छ । जुन कुरा हामीसबैलाई अबगत भएकै कुरा हो ।
बिदेशिएका नेपाली कामदारका रात चिन्तामा बितेका छन् । केही बर्ष पछि फर्किदा कमाएको पैसा सबै खर्च भइसकेको हुन्छ । पाखुरीको बल रित्तिएको हुन्छ । उमेर छंदासम्म अर्काका लागि काम गर्यो । बुढेसकालमा स्वदेश फकिर्यो । न उमेर छ, न पैसा छ, न रोजगारी छ, छ त मात्र दीर्घ रोग र पिडा । र, अल्पआयु मै मृत्य ! कति कहालिलाग्दो छ हाम्रो भविष्य । देशको ढुकुटी बलियो बनाउने हाम्रो पिडा कस्ले बुझिदिने ?
त्यसैले, सामूहिक लगानी मार्फत नेपाल सरकार समेतको सहभागितामा “वैदेशिक कामदार कोष व्यवस्थापन संयुक्त प्राधिकरण स्थापना गर्न अनुरोध गर्न चाहन्छु । मैले गरेको सर्वेक्षणमा आफुले पठाएको १० प्रतिशत रकम उक्त कोषमा जम्मा गर्न वेदेशिक रोजगारीमा रहेका कामदारहरु तयार रहेका छन् । त्यस्का लागि एक निश्चित प्रतिशत प्रतिफल सुनिश्चित गर्ने व्यवस्था मिलाइनु पर्दछ । र कामदारले जम्मा गर्ने रकममा नेपाल सरकारले पनि योगदानकारुपमा केहि रकम राखिदिनु पर्दछ ।
यसो गर्न सकिए रेमिट्यान्स पनि स्वदेशमा अझ बढ्ने सम्भावना देखिन्छ । कामदारको भविष्य पनि सुरक्षित हुन्छ । देशका लगानीका लागि ठुलो पुंजी जम्मा हुंदै जान्छ । उपभोगमा खर्च हुने रकम पनि बचत हुंदै जान्छ । तयसैले “सुरक्षित अवकास योजना” अबधारणालाई यथाशक्य चांडो लागू गर्नु पर्दछ । उक्त योजनाले हामी संपूर्ण नेपाली को सम्बृद्ध नेपालको सपना साकार पार्न सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु ।
लामो समय देखी हामीले उठाउदै आएको विदेशबाट मतदान गर्ने प्रावधान अविलम्व लागू गरिनु पर्दछ । बैदेशिक रोजÞगार को बीमा रकम वृद्धि गरी कम्तीमा ५० लाख सम्म क्षतिपूर्ति गर्ने व्यवस्था पनि मिलाइनु पर्दछ । समयअनुकूलको सिपमूलक अनि प्रभावकारि तालीम को अभावले हाम्रो सेवा सुबिधा मा उल्लेखनीय वृद्धि हुन् नसकेको व्यहोरा अवगत गराउन चाहन्छु । आज बर्मा थाईलैण्ड लगायत का दाजू भाई दीदी बहिनी लाई नेपाल संग जोड़न सकीयकों छैन ऊहाँ हरुले आफ़ना संतान नेपाल पढ़न पठाऊ दा हामी संग बिधार्थी बर्ग को भीसा सुविधा छैन
अनी गैरआवासीय नागरिकता को सुरुआत गोर्खाज का समस्या संबोधन समयमै नहूदा धेरै विदेश मा रहनु हूने दाजू भाई दीदी बहिनी ले नेपाल मा मनखोलेंर लगानी गर्न सक्नु भएको छैन आज बर्मा थाईलैण्ड लगायतका दाजू भाई दीदी बहिनीले आफ्ना सन्तान नेपाल पढ़न पठाऊदा नेपालका बिधार्थी सरहको भीसा सुविधा छैन । जसको तथ्यांक यहाँ उपस्थित अर्थबिदज्युले अझ बुझ्नु भएको छ भन्ने मैले ठानेको छु ।
श्रममंत्रालयको अभिलेख अनुसार करीब ४.६ मिलीयन नेपाली वैदेशिक रोजगारमा हुनुहुन्छ । उहाँहरूको सरदर मासिक बचत ३५० डलर हुँदा वार्षिक ४,२०० डलर हुन्छ । यसलाई हामीले ८०% को अनुपातमा लिंदा पनि १५ अर्व डलर भित्रीनु पर्ने होइन र ? खोई बाक़ी भूभागमा रहेका नेपाली हरुको हिस्सा
आज हामी सम्पूर्ण विदेशमा रहेका नेपालीले करिव आठ अर्व डलर पठाऊदा पनी खुसीले बुर्कुशी मारिरहेका छौं । खोइत, बांकी ७ अर्ब डलर भन्दा बढी रकम आएनकी भनेर अध्ययन गरेको ? खोइत कतै सम्पत्ती शुद्धिकरण त भएको छैन भनी खोजी गरेको । कम्तीमा यस सम्बन्धम अध्ययन त हुनु पर्ने !
वैधानिक प्माध्यम बाट रिमिटेंस पठाउनेलाई प्रोत्साहन स्वरुप कम्तीमा सशर्त २% बोनस धेरै रकम दिने लगाएतका सुबिधा प्रदान गर्ने र सचेतनामूलक कार्यक्रम मार्फत् अवैध माध्यम बाट रकम पठाउन सक्ने क्रियाकलापलाई निरुतसहित गरिनु अति जरुरी छ ।
बिश्वले अरब मूलुक का पर्यटकलाई लक्ष्य गर्दै कार्यक्रम गरिरहेका छन् । तर, हामीले दशकों देखि यो क्षेत्रमा पर्यटन प्रर्वधन गर्नका लागि अनुरोध गर्दा पनि पर्यटन बोर्डले कुनै कार्यक्रम सुरु गर्न पहल नै गरको छैन ।
हामीहरू बिदेशमा भाषा अज्ञानताका कारण स्वास्थ्य उपचार लगाएत क󠇋ानूनी सल्लाह समेतमा अप्ठयारामा परेका छौं । यी असहजता लाई न्यूनीकरण गर्न सम्बन्धित देशहरूमा नेपाली स्वास्थ्यकर्मी अनि नेपाली दोभाषेलाई रोजगार को अनुरोध गर्न व्यवस्था गराउन सकिएमा सुनमा सुगंध हूने थियो ।
अर्कों कुरा हामीले बिदेशबाट अनुदान होस वा लगानी भित्रउदा धेरै लामों समय लाग्ने प्रथा पनी हटाऊँन को लागि पहल गारिदिनू हुन अनुरोध गर्दछौं ।
हामी बस्ने सम्मानित देशबाट पनि धेरै पटक बिभिन्न किसीमका सहयोग अनी लगानीका लागी धेरै पहल पनी भयका छन । तर, कहीं न कही हामिले सोचे जती उल्लेख्य मात्रामा गर्न सकएिन की भन्ने महसूस हुन्छ । मैले अनुरोध गर्न चाहे, अहिलेंका महामहिमज्युले यस क्षेत्रमा अवश्य पहलकदमी गर्नू भएको छ र हाम्रा सम्मानित देश बीच लगानी लगाएत धेरै कुराको सम्वन्ध अझ उचाईंमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।
अन्तमा फेरी पनी उपप्रधानमन्त्रीज्यु लगायत सम्पूर्ण महानुभावहरुको दोहा बसाई सुखद अनी अर्थपूर्ण रहोस । धेरै भन्दा धेरै योजनाहरु नेपालका लागि परून ! सम्मानित दुई सरकार बीच सहकार्य योजनाले आकाश चुमुन । यहि शुभकामना ।
अनी नेपाल एम्बेसी दोहा र एनसीसी कतारको टीमलाई हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
आरके शर्मा
एनआरएनए उपाध्यक्ष
क्याटेगोरी : ग्लोबलट्याग : #breaking,
#NRNA