Techie IT
×
गृहपृष्ठग्लोबलसम्पादक रामजी बगाले युवा पत्रकारिता सम्मानवाट सम्मानित

सम्पादक रामजी बगाले युवा पत्रकारिता सम्मानवाट सम्मानित


काठमाडौ । जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले युवा पत्रकारिता सम्मानवाट सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एसोसियसनबीच एकतासहित आयोजना भएको दुबै संस्थाको संयुक्त वार्षिक भेलामा सम्पादक बगाले सम्मानित भएका हुन् ।

विगत लामो समयदेखि गैरआवासीय नेपालीका विषयमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै संस्थाले सम्पादक बगालेलाई सम्मान गरेको हो ।

सम्मानित बगालेले बिगत १५ बर्ष देखि जनसवाल राष्ट्रिय दैनिकमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारका विषयलाई प्रमुखताका साथ स्थान दिदै आएका छन् ।

दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि थुप्रै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएको छ ।

 

 


क्याटेगोरी : ग्लोबल
ट्याग : #रामजी बगाले

तपाईको प्रतिक्रिया दिनुहोस