गृहपृष्ठ ∕ ग्लोबल ∕ दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु, (फोटो फिचर सहित) दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु, (फोटो फिचर सहित) दीप संञ्चार चैत्र १, २०७९ गते २२:५४ मा प्रकाशित दोहा-नेपाल सहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ आजबाट सुरु भएको छ। कतार नगरपालिकाका मन्त्री डाक्टर अब्दुल्लाह बिनअब्दुलअजिज बिन तुर्की अल सुबैले प्रदर्शनीको उद्घाटन गरेका हुन। यसैबीच नेपाली कृषि प्रदर्शनीको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले उद्घाटन गरेका छन।नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार,निर्यात व्यवसायी महासंघ,नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको नेपाली कृषि प्रदर्शनीको महामहिम ढकालले उद्घाटन गरेका हुन।प्रदर्शनी कार्यक्रममा बोल्दै महामहिम ढकालले व्यवसायीहरुको ब्यक्तिगत रुपमा देखिने भएता पनि समग्रमा नेपालको आर्थिक समृद्धिको प्रतिनिधित्व गरेको बताए।प्रदर्शनीमा सहभागि हुन आएका नेपालीहरुलाई दुतावासले गर्नु पर्ने कुनै पनि सहयोग भएमा खुलेर भन्न समेत आग्रह गरे ।उनले कतारमा आएर पनि आफ्नो उत्पादनलाई प्रदर्शनीमा राख्नु नै भोलिको ब्यापार मौलाउनु रहेको बताउदै नेपाली आर्गनिक बस्तुहरु कतारको बजारमा सुपथ मुल्यमा ल्याउन सकिए नेपाली उत्पादित बस्तुहरुको बजारको अभाव नरहने बताए।कृषि प्रदर्शनीमा निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष गोविन्द घिमीरेले प्रदर्शनीले नेपाली बस्तुलाई कतारको बजारमा राम्रो सँग पुर्याउन सकिए आर्थिक समृद्धिका साथमा दुई देश बिचको सम्बन्ध पनि समधुर रहनेमा जोड दिए।प्रदर्शनीबाट पारस्परिक तथा व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा बिशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने बताउदै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले आउने दिनहरुमा नेपाली उत्पादनलाई कतारको बजारमा सहज रुपमा पाउने बतावरण बनाउन छलफल गरिरहेको बताए।नेपाली ब्यबसायी तथा भिजिर्टसहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रमलाई ब्यवसायी संघका महासचिव रमेश भट्टले सहजिकरण् गरेका थिए।कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको १० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालमा उत्पादित नेपालि चिया,जडीबुटी हर्वल, अलैची,अदुवा, डेरीका उत्पादित वस्तुहरु राखिएका छन।आज देखि १९ मार्च सम्म चल्नेछ प्रदशनीमा ६७५ भन्दा बढी कम्पनीहरू र कतार बाहिरका ५२३ कम्पनीहरूको सहभागिता रहेको छ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा