गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती बिद्यालय भवन निर्माणका लागि तिन पक्षीय सहमती प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:१४ मा प्रकाशित दाङ्ग , राजपुर गाउपालिका वडा नम्बर ७ को भैसाही नाकामा रहेको गौरी शंकर माध्यामिक बिद्यालयको तिन कोठे पक्कि भवन निर्माण हुने भएको छ । उक्त भवन २५ लाख १६ हजार ५ सय टिन रुपैयामा निर्माण हुने भएको हो । राजपुर गाउपालिकाको २५ प्रतिशत र छायाँ नेपाल नामक सस्थाको ७५ प्रतिशत लगानीमा तिन कोठे पक्कि भवन निर्माण हुने स्थानिय अमृत खड्काले बताए । गाउपालिका उपाध्यक्ष धनपती यादब, छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिर बहादुर पुन बीच भवन निर्माण गर्ने सहमति भएको हो । सहमति भए पछि अब छिट्टै निर्माण कार्य सुरु हुने बताईएको छ । माटो र ढुंगाको गारो टिनको छानो भएको उक्त भवन गत बर्षको बर्षातले भत्काएको थियो । २०३९ सालमा स्थापना भएको उक्त बिद्यालयमा अहिले दुई सय पचास जना बालबालिका अध्ययनरत रहेका छन् । राजपुरको अत्यन्तै बिकट बस्ति भैसाही नाकामा प्राथमिक बिद्यालय बाट शुरु भएको उक्त बिद्यालय निमाबि हुदै २०७४ सालमा माध्यामिक बिद्यालय संचालन गर्ने अनुमति पाएको थियो । गत बर्षको बर्षातले भवन भत्काई दिए पछि बालबालिकाको पठनपाठनमा समेत असर गरेको बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिर बहादुर पुनले बताए । भवन निर्माणका लागि दाता खोजि रहेका थियौ, संयोग नै भन्नु पर्छ नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन कुमार यादबको पहलमा छायाँ नेपाल नामक सस्थाले भवन बनाई दिने भएको छ,अब हाम्रा नानिबाबुले पक्कि भवनमा बसेर पढ्न पाउने भएका छन् स्थानिय युवा अमृत खड्काले खुशी हुदै भने । नाका क्षेत्रमा हाल माध्यामिक बिद्यालय भौवा,भैसाही र खंग्रा गरि तिन वटा माध्यामिक बिद्यालय रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न