गृहपृष्ठ ∕ राजनीति ∕ मन्त्रिपरिषद विस्तार न्यूनतम साझा कार्यक्रमपछि मन्त्रिपरिषद विस्तार न्यूनतम साझा कार्यक्रमपछि दीप संञ्चार चैत्र १३, २०७९ गते ११:५७ मा प्रकाशित काठमाडौं।नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन लागेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारले चाँडै पूर्णता पाउने दाबी गरेका हुन् ।यसका लागि प्रधानमन्त्री प्रचण्डले गठबन्धन आवद्ध दलसँग छलफल गरिरहेका उनले बताए । नेपालले सरकारको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मात्र सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नयाँ बनेको गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए ।‘आज बल्ल हामी अहिलेको सरकारको जुन नीतिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको धारणा राखे ।मन्त्री नबन्ने भन्ने पूरानो वचनमा कायम छु : उपसभापति खड्कानेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने भन्ने पूरानो वचनमा कायम रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले आफू मन्त्री बन्दिनँ भन्ने ७ वर्ष पुरानो वचनमा अडिग रहेको बताएका हुन् । उनले भने– ’देश दौडाहा गरेर सकेपछि ७ वर्षअघि मैले वचन दिएको थिएँ, अहिले पनि त्यही अडानमा छु । म धेरै मन्त्रालयको मन्त्री भइसकेँ, अब मन्त्रीभन्दा माथि भए अर्को कुरा हो, त्यो भगवान र जनताको जिम्मामा छ ।’उनले कांग्रेसमा आफ्नै नेतृत्वमा सरकारमा जानेबारे समेत छलफल भइरहेको भने स्वीकार गरेका छन् । उनले भने– ’पार्टीभित्र छलफल नै नभएको होइन, विभिन्न कोणबाट छलफल भइरहेको छ, तर निर्णय भएको छैन । गठबन्धनको बैठक बसिरहेको छ । पार्टीमा पनि छलफल भइरहेको छ । अब दुई तीन दिनभित्रमा टुंगो लाग्छ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’क्याटेगोरी : राजनीतिट्याग : #मन्त्रिपरिषद विस्तार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न