गृहपृष्ठ ∕ राजनीति ∕ उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग एनआरएनएको भेटवार्ता, नागरिकता कार्यान्वयनको विषय सम्बोधन गर्न आग्रह उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग एनआरएनएको भेटवार्ता, नागरिकता कार्यान्वयनको विषय सम्बोधन गर्न आग्रह दीप संञ्चार चैत्र २०, २०७९ गते १८:२३ मा प्रकाशित काठमाडौँ -गृह मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गैरआवासीय नेपाली संघ (एनआरनए) ले भेट गरेको छ ।भेटमा श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि भैरहेको ढिलाइ सम्बन्धमा संघले ध्यानाकर्षण गराएको थियो ।सो भेटमा संघका अध्यक्ष कुल आचार्य, डा बद्रि केसि उपाध्यक्ष आरके शर्मा र दुर्गा आचार्य , कोषाध्यक्ष लोक प्रसाद दाहाल,कार्यकारी अधिकृत रवी किरण अधिकारीलगायतको प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा नागरिकताको बिषयलाई चाँडै सम्बोधन गर्न पुन आग्रह गर्दै हाल बिद्यमान यस समस्याले सबैलाई चिन्तित तुल्याएको उल्लेख गरेका थिए ।भेटमा एनआरएनए प्रतिनिधीले नेपालबाट पूँजी पलायन भै रहेको र विदेशी लगानी भित्र्याउन पनि वाधा पुगिरहेको सम्बन्धमा ध्यानाकर्षण गर्दै नागरिकता विधेयकलाई फेरी संसदमा लगेर जति सक्दो छिटो पारित गराउन आग्रह गरेका थिए ।उक्त भेटमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा भएको ढिलाईका कारण देश भित्र पनि युवाहरुमा चरम निराशा उत्पन्न भएको बताउंदै नागरिकता विधेयकलाई छिटो भन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै पुस्तौपुस्ता नागरिकता प्राप्ति हुने व्यबस्थाको पनि प्रत्याभुति हुने व्यवस्था हुने जानकारी दिएका थिए । यस सम्बन्धमा ऐनको प्रावधानमा केहि समस्या भए हेर्नेसमेत श्रेष्ठले बताए ।साथै एनआरएनए एक्टको पुनराबलोकन गर्ने सम्बन्धमा मन्त्री श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा भएको निर्देशनको समेत कार्यान्वयनको लागि ध्यानाकर्षण गराइएको अध्यक्ष आचार्यले बाताए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न