Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न


दोहा-नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा मञ्चले बुधबार साझ इफ्तार कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले नेपालमा आफैमा बहुजातीय र बहु भासी समुदाय मिलेर बसेको देश भएकोले सबैले एक अर्काको धर्म र सस्कारको सम्मान गर्दे आएको बताए ।

प्रवासमा रहेर पनि आफ्नो देशको धर्म र सस्कृती जगेर्ना गर्दे आपसी भाइचारा स्थापित गर्न गरिने कार्यक्रमले नेपाली बिचमा आत्मीयता बढाउने बताए ।

विश्व बजारमा पेट्रोलियम पदार्थको विकल्पमा विद्युतको ब्यापक प्रयोग भैरहेको भन्दै नेपालले पनि  यत्तिकै खेर गइरहेका खोलानाला बाट जलविद्युत उत्पादन गर्नुपर्ने बताए ।

रोजा राख्नुको अर्थ र रमजान महिनाको महत्त्व बारे नेपाली जनप्रगतिशिल मञ्च कतारका सल्लाहकार प्रोसेर रमजान मियाले जानकारी गराएका थिए ।

कार्यक्रममा दोहामा स्थापित सम्पुर्ण संघ सस्थाको प्रतिनिधित्व गर्दे गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले शुभकामना मन्तव्य राखेका थिए।

सो अवसरमा इस्लाम धर्म गुरुहरु इसहाक नदवी, अख्तर गफुर अमद, सफिजान नदवीले इस्लाम धर्मको बारेमा विभिन्न जानकारी गराएका थिए।

कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले आफ्नो पार्टी सदैव सबै जात जाति र धर्मको सम्मान गर्दै उनीहरुको अधिकारको लागी लडेर आएकोले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सहभागीता सम्भव भएको बताए ।

दोहामा स्थापित विभिन्न सामाजिक संघ सस्थाको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं मधेस तथा मुस्लिम विभाग प्रमुख सद्दाम हुसेनले स्वागत गरेका थिए भने महासचिव महामुद कार्कीले सन्चालन गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस