Techie IT
×
गृहपृष्ठराजनीतिनिजी क्षेत्रलाई नियन्त्रण गर्ने कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री प्रचण्ड अख्तियारको दायराभित्र निजी क्षेत्रलाई नराख्न महासंघद्वारा ध्यानाकर्षण

निजी क्षेत्रलाई नियन्त्रण गर्ने कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री प्रचण्ड अख्तियारको दायराभित्र निजी क्षेत्रलाई नराख्न महासंघद्वारा ध्यानाकर्षण


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक असर पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रचण्डले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताए ।

उनले हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको जनाउदै अर्थतन्त्र सङ्कटमुक्त भइनसकेको बताए । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिने बताउदै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न नसकिँने बताए । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरी कुनै पनि कानुन नबनाउने ब्याबसायिलाई उनले बताए ।

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पार्दै निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिने बताए । निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो नभएको जनाउदै उनले मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र आफ्नो ध्यान रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे । ऊद्दोगीहरुले राम्रो नेतृत्व छान्नुभएको जनाउदै उनले नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्ने आशा ब्यक्त गरे । हामी सबै मिलेर अर्थतन्त्रका चुनौती छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ”, प्रधानमन्त्री प्रचण्डले भने ।

उक्त भेटमा महासंघका अध्यक्ष सफल ब्यावसायी चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । महासंघले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवद्र्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

उक्त भेटघाटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस